काठमाडौंं । विश्व लगानी सप्ताह २०२३ सम्पन्न भएको छ । नेपाल धितोपत्र बोर्डको आयोजनामा साताव्यापी रुपमा मनाइएको देशव्यापी विश्व लगानीकर्ता सप्ताह आज काठमाडौं एक विशेष कार्यक्रमका बिच समापन गरिएको हो । समापन समारोहलाई सम्बोधनगर्दै नेपाल लगानी बोर्डका अध्यक्ष रमेश कुमार हमालले अहिले बजारमा देखिएको तरलताको समस्या समाधान हुने विश्वास व्यक्त गरे ।
‘अहिले बजारमा जुन तरलताको समस्या छ । त्यो चाँडै समाधान हुन्छ । त्यो तरलताको समस्यालाई बुझेर नै एनआरएनको लागि खोज अध्ययन ग¥यौँ । र आज हामी कार्यन्वयनमा गइरहेका छौँ । तर त्यो कार्यन्वयनको शिलशिलामा एनआरएनलाई सेकेन्डरी मार्केटमा इन्ट्री गरेर तरलतामा नयाँ सोच थप्ने भन्ने हाम्रो मूल्य मान्यता हो ।’ उनले भने ।
त्यस्तै उनले, निष्ठापूर्ण कामले मात्रै आर्थिक विकास सम्भव हुने भन्दै उनले त्यका लागि सबै जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने बताए । ‘बुक बिल्डीङ गर्नु राम्रो हो विश्वमान्यता सिस्टम हो ।
त्यो भन्दैमा बुक बिल्डीङले सबै हाम्रा विरामी रोगहरु निको पार्छ भन्ने होईन यदि हाम्रो मन ,दिमाग र निष्ठामा गभरनेन्स ,स्थिरता छैन् भने हुँदैन् । हाम्रो नेपालमा कागजमा बलियो लेख्दीए पछि बलियो हुन्छ भन्ने छ तर हामी जो मार्केटमा बस्छौँ हामीले त्यसलाई मान्दैनौँ । ’
असोज १५ गतेदेखि आज २१ गतेसम्म साताव्यापी मनाइएको लगानी सप्ताहमा बोर्डले धितोपत्र बजार सम्वन्धी सूचना तथा गतिविधिहरु सर्वसाधारणमा प्रवाह गर्दै बजार सम्वन्धी शिक्षा तथा सचेतना अभिवृद्धि विभिन्न कार्यक्रम आयोजना गरेको थियो ।
विश्वमा यो कार्यक्रम १०० भन्दा बढी देशमा अक्टोबर २ देखि ८सम्म सप्ताहव्यापी रुपमा मनाउने प्रचलन छ । धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताहरुलाई लगानी शिक्षा, सचेतना लगायत बजार विकास तथा सुधारका विविध पक्षका सम्बन्धमा देशव्यापीरुपमा लगानीकर्ताहरुको शिक्षा तथा सचेतना अभिवृद्धि गरी लगानीकर्ताको सशक्तिकरण गर्ने उद्देश्यले धितोपत्र नियमनकर्ताहरुको अन्तर्राष्ट्रिय संगठन (आईओएससीओ) ले सन् २०१७ देखि विश्व लगानीकर्ता सप्ताह मनाउँदै आएको छ ।



