🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

लाेसपामा राजेन्द्र महतो निरीह बन्दा ठाकुर हावी

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको दुई धारको भिडन्त सुरु भएको छ । अघिल्लो साता लोसपाको दुई दिन बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा उक्त दृश्य देखिएको हो । महतोले पार्टीलाई परिवारवादमा फसाएको भन्दै ठाकुरमाथि जाइलागेका थिए । महतोमा देखिएको आक्रोशले पार्टीलाई विभाजनतिर लैजाने संकेत गरेको नेताहरुले टिप्पणी गर्न थालेका छन् । महतोले ठाकुरलाई परिवारवादमा फसाएको मात्र होइन, विकल्प दिन पनि आग्रह गरेका थिए । 

विगतमा जस्तो चर्को र ठाडो भाषामा भन्दा पनि केही शिष्ट र नरम शैलीमा महतोले ठाकुरमाथि प्रश्न उठाएका थिए । विकल्प दिन अर्थात अध्यक्ष पदबाट राजीनामा दिन अघोषित रुपमा ठाकुरलाई सम्झाएका महतोलाई कार्यकारिणी समितिमा औपचारिक रुपमा नेताहरुले समर्थन भने गरेका थिएनन् । ठाकुरसँग असन्तुुष्ट केही नेताहरु कार्यकारिणी समितिमा भएपनि उनीहरु खुलेर विरोधमा उत्रिन सक्ने अवस्थामा भने छैनन् । पार्टीभित्र  परिवारका अनेक सदस्यलाई मनोनित गरेर पार्टी कब्जा गरेर ठाकुरले कांग्रेसीकरण  गरेको आरोप लगाइरहेका छन् ।

लोसपाभित्रका कांग्रेस पृष्ठभूमि इतरको समूह अहिले महतोको नेतृत्वमा गोलबन्द हुन थालेको छ । सद्भावना र मधेशी जनअधिकार फोरमसहितका विभिन्न समूहबाट आएकाहरु एकातिर र कांग्रेस र  राप्रपाबाट आएका अर्कोतिर बनेर समूह निर्माण भएको हो । त्यही समूह अनुसार अघिल्लो साताको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा महतोले धारणा राखेका हुन् । महतोले ठाकुरको विकल्प खोज्न थालेपछि अब परिस्थिति फेरिन थालेको बताइन्छ । लोसपाभित्र अहिले ठाकुर पक्षको केन्द्रीय समितिमा दुईतिहाई मत रहेको छ भने सांसद पनि ठाकुर पक्षकै धेरै रहेका छन् । राजपा हुँदा महतो पक्षका सांसद र केन्द्रीय सदस्य धेरै थिए । 

त्यतिबेला ठाकुरले नै महतोले भनेको कुरामा निर्णय हुने गरेको थियो । तर, अहिले महतो निरीह भएका छन् । इतिहासमै पहिलोपटक यति धेरै निरीह देखिएको भन्दै महतोनिकटहरु बताउन थालेका छन् । त्यसैले, अब लोसपामा महतोले दुईलाइन संघर्ष अगाडि बढाउने संकेत दिएको पनि बताइन्छ । तर, लैनचौरको भूमिकाले पनि काम गर्ने भन्दै लोसपाका धेरै नेता कार्यकर्ता भने पर्ख र हेरको अवस्थामा रहेको पनि बताइन्छ । त्यसैले धेरै जनाले औपचारिक रुपमा बोल्ने गरेका पनि छैनन् ।  लैनचौरले महतोभन्दा ठाकुरलाई धेरै विश्वास गरिरहेको चर्चा लोसपामा हुने गरेको छ ।

(साँघु साप्ताहिक, २०८० असोज २२)