काठमाडौं । पछिल्लो समय विश्वव्यापी रुपमा प्रविधि निकै अगाडि बढेको छ । डिजिटाइजेसनको सन्दर्भमा नेपाली बैंकिङ्ग क्षेत्र निकै अगाडि बढेको छ । विशेषगरी कोभिड–१९ महामारी पश्चात नेपाली बैंकिङ्ग क्षेत्रले संख्यात्मत तथा गुणात्मक रुपमा सकरात्मक परिवर्तन हासिल गरेको छ । डिजिटल भुक्तानीका माध्यमहरु आम सर्वसबधारणको दैनिक कारोबारको अत्यावश्यक हिस्सा बन्दै गएको छ । यसै सन्दर्भमा सिटिजन्स बैंकले पनि सरलिकृत डिजिटल तथा रिटेल बैकिङ्क सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
कार्ड तथा ATM सेवाहरु : सिटिजन्स बैंकले नेपाल तथा विदेशमा समेत संचालन गर्न मिल्ने गरी NPR र USD Debit Card तथा Credit Card संचालनमा ल्याएको छ । यसैगरी विदेश भ्रमणमा जाने ग्राहकहरुको लागि USD Travel कार्ड समेत संचालनमा ल्याएको छ, जस अनुसार विदेश जाने नेपालीहरुले सटही सुविधा स्वरुप २५०० अमेरिकि डलर सम्मको सटही सुविधा यसै कार्डबाट समेत खर्च गर्न पाउनेछन् ।
त्यसैगरी नेपालमै बसेर अनलाइन मार्फत बस्तु तथा सेवा प्रयोग गर्ने उद्धेश्यले ५०० डलर सम्मको E-com card को सुविधा समेत बैंकले प्रदान गर्दै आएको छ । यस्तो सुविधा प्राप्त गर्न ग्राहकहरुले सिटिन्जन्स बैंकमा खाता खोल्नुका साथै प्यान नम्बर उपलब्ध गराउनुपर्नेछ जसको आधारमा बार्षिक ५०० डलर सम्म कार्डबाटै अनलाइन कारोबार गर्ने सुविधा बैंकले उपलब्ध गराउनेछ ।
बैंकले आफ्ना विभिन्न शाखाहरुबाट GRE, GMAT,TOFEL Visa processing जस्ता सेवाहरुको अनलाइन भुक्तानी समेत गर्ने व्यवस्था मिलाएको छ । यसबाट डलर खाता नहुने ग्राहकहरुले समेत यस्तो सेवाहरु सरल रुपमा प्राप्त गर्न सक्नेछन् ।
बैंकले तत्काल कार्ड आवश्यक भएका ग्राहकहरुलाई लक्षित गरि Instant कार्ड दिने व्यवस्था पनि मिलाएको छ । यस्तो सेवा NPR र Dollar दुवै किसिमका कार्डमा उपलब्ध छ ।
बैंकले ATM सेवा अन्तर्गत काठमाडौं, पोखरा, बिराटनगर, बिरगञ्ज, नेपालगञ्ज, बुटवल, धनगढी जस्ता मुख्य शहरमा मात्र नभई जुम्ला, जाजरकोट, मुगु जस्ता दुर्गम स्थानहरुबाट समेत ATM सेवा प्रदान गर्दै आएको छ । यसरी विभिन्न भौगोलिक स्थानहरुका करिब डेढ सय ATM बाट बैंकले आफ्नो सेवा विस्तार गरेको छ ।
मोबाइल बैकिङ्ग : सिटिजन्स बैंकको मोबाइल बैंकिङ्ग सेवा सहज, सरल र विश्वसनिय हुनुका साथै विभिन्न सुविधा एवं विशेषताले युक्त छ । नेपाली बैंकिङ्क क्षेत्रकै उत्कृष्ट विशेषताले भरिपूर्ण मोबाइल बैंकिङ्ग सेवामा परम्परागत खाताको विवरण हेर्ने, रकमान्तर गर्ने बाहेक विभिन्न बिल पेमेन्ट, कार्डलेस भुक्तानी, भिषाकार्ड अनुरोध, अनलाइन मुद्दति खाता खोल्ने सुविधा, अनलाइन अपोइन्टमेन्ट सिस्टम साथै क्यू आर भुक्तानी जस्ता सेवा प्रदान गरिएको छ । मोबाइल बैकिङ्ग बाटै कर्जा सुविधा (Foneloan) तथा प्रिभिलेज बैंकिङ्ग जस्तो विशिष्टिकृत सेवाले गर्दा यस बैंकको मोबाइल बैंकिङ्ग एपलाई एउटा पृथक, उत्कृष्ट विशेषतायुक्त एप बनाउन मद्दत गरेको छ । यसैगरी अंग्रेजी वाहेक नेपाली भाषामा समेत मोबाइल बैकिङ्ग प्रयोग गर्ने सुविधा बैंकले प्रदान गरेको छ ।
इन्टरनेट बैकिङ्ग : सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ग्राहकमैत्री सुविधा प्रदान गर्ने क्रममा इन्टरनेट बैकिङ्ग सुविधा पनि प्रदान गरेको छ । यस अन्तर्गत स्टेटमेन्ट हेर्ने, रकमान्तर गर्ने लगायत बिल पेमेन्टको सुविधा पनि प्रदान गरिएको छ । ग्राहकहरूलाई इन्टरनेट बैकिङ्ग मार्फत दैनिक २० लाख र मासिक ५० लाख सम्मको कारोबार गर्ने सुविधा प्रदान गरिएको छ । यसैगरी विश्वको जुनसुकै कुनावाट समेत इन्टरनेट बैकिङ्ग सेवा प्रयोग गर्न सकिने बैंकले जानकारी दिएको छ ।
डिम्याट र आस्वा सुविधा : सिटिजन्स बैंकले विभिन्न सरलिकृत सेवा दिने क्रममा डिम्याट तथा आस्वा सेवा समेत प्रदान गर्दै आइरहेको छ । बैंकको डिम्याट सेवा छिटो, छरितो र स्तरिय रहेको छ । बैंकले ग्राहकहरुलाई अनलाइनमा मेरोसेयर मार्फत वा बैंकका शाखा कार्यालयमा उपस्ति भइ सेयर आवेदन गर्ने सुविधा प्रदान गरेको छ । ग्राहकको सहजताको लागि आफ्नो डिम्याट तथा सि आर एन नम्बर को विवरण मोबाइल बंैकिङ्ग बाटै समेत हेर्न सक्ने व्यवस्था बंैकले गरेको छ ।
अनलाइन सुविधा : अनलाइन सिस्टम मार्फत प्रभावकारी सेवा प्रदान गर्न र बैंकसम्म नआई सेवा प्रदान गर्न बैंकले नयाँ भिषा कार्ड अनुरोध, पिन अनुरोध, कार्ड बलक गर्ने सुविधा, जस्ता सेवाहरु अनलाइन तथा मोबाइल बैंकिङ मार्फत प्रदान गरिरहेको छ । यसैगरी ग्राहकहरुले QR कोड रजिष्ट्रेसन अनुरोध, A/C नं परिवर्तन, मोबाइल नं परिवर्तन जस्ता अनुरोध पनि अनलाइन वाट गर्न सक्नुहुन्छ । त्यसवाहेक मेरोसेयर अनुरोध, सि आर एन नम्बर अनुरोध, मेरोसेयर पासवर्ड अनुरोध, मेरो शेयर रिन्यू जस्ता सेवाहरु अनलाइन मार्फत समेत गर्न सक्ने व्यवस्था बैंकले गरेको छ ।
बिप्रेषण सेवा : सिटिजन्स बैंकले संसारको जुनसुकै कुनाबाट पठाएको रकम प्राप्त गर्न आफ्नै बिप्रेषण सेवा “सिटिजन्स रेमिट” संचालनमा ल्याएको छ । यसका साथै नेपालका अन्य बिप्रेषण कम्पनिहरु संग समेत सहकार्य गर्दै, जुन सुकै माध्यमबाट आएको बिप्रेषण रकम ग्राहकहरुलाई प्रदान गर्ने व्यवस्था गरेको छ । यसबाट रेमिटेन्स प्राप्त गर्न बैंकसम्म आइपुग्ने कुनै पनि ग्राहक सेवा प्राप्त नगरी फर्कनुपर्ने अवस्था नरहने बैंकको बिश्वास रहेको छ ।
यसबाहेक बैंकले आफ्नै मोबाइल बैंकिङ्क प्रायोग गरी रेमिटेन्स प्राप्त गर्ने सेवाका साथै “सिटिजन्स रेमिट” मार्फत प्राप्त रकम जुनसुकै बैंकमा तुरुन्तै जम्मा गर्ने ब्यवस्था समेत गरेको छ ।
डिस्काउन्ट तथा अफरहरु :
डिजिटल कारोवारलाई प्रोत्साहन गर्न सिटिजन्स बैंकले विभिन्न संस्थाहरु सँग मिलेर सहकार्य गर्दै आएको छ । बैंकले विभिन्न हस्पिटल, होटेल, रेष्टुरेण्ट, क्लिनिक, म्यूजियम, पार्क लगायतमा डिस्काउन्टको व्यवस्था गरेको छ । भारतको प्रसिद्ध मेदान्त हस्पिटल, अपोलो हस्पिटल लगायतमा समेत बैंकका ग्राहकहरmले यस्तो सुविधा प्राप्त गरिरहनु भएको छ । यसै सगै बैंकले दराज अनलाइनमा सपिङ्ग गर्दा प्रत्येक विहीवार रु ५०० सम्मको डिस्काउन्ट प्रदान गर्दै आएको छ भने पहिलो कार्ड कारोबारमा रु १५० सम्मको डिस्काउन्ट प्रदान गर्दै आएको छ ।
साथै बैंकले अन्य विविध सेवाहरु पनि उपलब्ध गराउँदै आएको छ । सिटिजन्स बैंकले आफ्ना आन्तरिक तथा बाहय प्रणलीलाई डिजिटाइज गर्ने प्रक्रियालाई प्राथमिकतामा राखेको छ । बैंकले थापाथली स्थित आफ्नो कार्यालयबाट अत्याधुनिक कल सेन्टर सेवा संचालनमा ल्याएको छ जस अनुरुप बैंकका ग्राहक सेवा प्रतिनिधिहरुले २४ सै घण्टा सेवा प्रदान गर्दछन् । यस्तै बैकले बैंक कर्मचारीहरुको संलग्नता बिनै चेक डिपोजिट गर्ने सेवा प्रदान गरेको छ । यस्तो सेवा बैंकको दरबारमार्ग, कलंकी, नयाबजार, बिराटनगर, विरगञ्ज, बुटवल स्थित हस्पिटल लाइन लगायतका शाखामा उपलब्ध छ । यसबाहेक बैंक टेलरको सहायता बिनै नगद जम्मा गर्न क्यास डिपोजिट मेसिनको समेत ब्यवस्था बैकले गरेको छ । यसप्रकार सिटजन्स बैंक ग्राहक हरुलाई अत्याधुनिक सेवा प्रदान गर्न सदैव प्रतिबद्ध रहदै आएको छ ।



