🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

करातेमा रजत पदक जितेकी एरिका गुरूङलाई उनी पढेको स्कूलद्वारा सम्मान

काठमाडौं । चीनको होङझावमा सम्पन्न १९औँ एसियाली खेलकुद, करातेमा रजत पदक जितेकी एरिका गुरूङलाई उनी पढेको स्कूलले सम्मान गरेको छ ।

\"\"

\"\"
एसियाडमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी ऐरिकालाई खेलको प्रशंसा र सफलताको लागि उनी पढेको स्कूल शुभकामना बोर्डिङले आज सम्मान गरेको हो ।

\"\"

सम्मानपछि ऐरिकाले आफ्नो स्कूललाई प्रतिनिधित्व गरेको र मेहनतको फल पाएको भन्दै खुशी व्यक्त गरिन ।

सम्मानपछि छोटो प्रतिक्रिया दिदै उनले भनिन्, ‘आफ्नै स्कूलबाट यसरी सम्मानित हुन पाउँदा एकदकै खुशी लागिराको छ । आफूले गरेको कडा मेहनतलाई सम्झिँदाखेरी मैले गरेको त्यो दुःखलाइ विर्सन लागिसके । भविष्यमा अझै धेरै स्कूललाई चिनाउँन पाउँ ।’

६८ केजी तौल समूहको फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३–० ले पराजित भएपछि एरिकाले स्वर्ण पदक जित्ने अवसर गुमाइन् । तर, एसियाडको इतिहासमा नेपाललाई करातेबाट पहिलो रजत उनले दिलाइन ।