🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नीति अध्ययन प्रतिष्ठानको बेहाल : प्रबन्ध संचालकमा ७० वर्षका वृद्धको नियुक्ति

 

काठमाडौं । साविकको नारायणहिटी दरबारको मूलगेटमै नीति अध्ययन प्रतिष्ठान नामको ठूलो साइनबोर्ड झुन्ड्याइएको छ । राजसंस्थाको अन्त्यपछि परराष्ट्र मन्त्रालय र त्यसपछि राहदानी विभागले प्रयोग गर्दैआएको उक्त राजदबारको भवनमा हाल प्रतिष्ठानको कार्यालय राखिएको छ । 

पूर्वराजाले प्रयोग गर्र्दैआएको भवनमा अहिले प्रबन्ध संचालकको दर्जाका साथ करिब ७० बर्षीय बृद्ध अवस्थाका पूर्व सहसचिव लक्ष्मणप्रसाद भट्टराई ढलीमली गरिरहेका छन् । पूर्व कर्मचारी नभएको भए आराम गरी बृद्धभत्ता खाने उमेरका भट्टराईलाई नीति अध्ययन प्रतिष्ठान जस्तो अति सक्रिय रहनु पर्ने महत्वपूर्ण निकायको कार्यकारी पदमा नियुक्ति कसरी दिइयो ? आश्चर्यको बिषय बनेको छ । सर्वोच्च अदालतको न्यायाधीश र प्रधान न्यायधीशका लागि ६५ बर्ष र निजामती कर्मचारीका लागि ५८ बर्ष उमेर हद लाग्ने प्रावधान छ । 

 संवैधानिक र संस्थानका राजनीतिक नियुक्तिहरुमा पनि ६५ बर्ष उमेर हद तोकिएको छ । अर्थमन्त्रालयले पास गरेको कार्यबिधिमा ६५ बर्षभन्दा बढी उमेरका ब्यक्तिलाई राजनीतिक नियुक्ति दिनु नहुने परिपत्र नै गरेको छ । तर उमेरले ७० कट्न लागेका भट्टराईलाई प्रतिष्ठानको प्रबन्ध संचालक पदमा नियुक्ति दिएर सचिवको भन्दा बढी सेवा सुबिधा दिइएको छ । सबै पीएचडीधारी कार्यकारी सदस्य रहेको उक्त प्रतिष्ठानको कार्यकारी अध्यक्ष पद भने रिक्त छ ।

 

कार्यकारी सदस्य पदमा डा.पुष्पराज राजकर्णिकार, प्राडा अरविन्दकुमार केसरी, डा. श्यामु थापामगर र डा. इन्द्रकुमारी अधिकारी छन् । अध्यक्षबाहेक ४ जना कार्यकारी सदस्य हुने प्रतिष्ठानले राष्ट्रले अख्तियार गर्नुपर्ने विभिन्न नीतिका सम्बन्धमा अध्ययन र अनुसन्धान गर्ने, मुलुकले कुनै खास विषयमा अपनाउनु पर्ने दीर्घकालीन, अल्पकालीन वा तत्कालीन नीति तथा सञ्चालन गर्नुपर्ने योजना, कार्यक्रम तथा अनुसन्धान गर्ने, नेपालको सामरिक मामिला, अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति तथा परराष्ट्र नीतिको अध्ययन तथा अनुसन्धान गरी त्यसमा अपनाउनु पर्ने उपायका बारेमा नेपाल सरकारलाई नीतिगत सुझाव दिने कार्य गर्दछ । 

यस्तो प्रतिष्ठित संस्थामा नेपालमा कोही योग्य र उमेरले नेटो नाकाटेका पात्र नभएजस्तै गरी विवादास्पद भट्टराईलाई पूतिष्ठानको जिम्मेवारी सुम्पिदा योग्यता पुगेकाहरुको अपमान हुन पुगेको छ । भट्टराईले सहसचिवको जागिर अवधि ६ महिना रहँदै आकर्षक नियुक्तिको सुनिश्चितता गरी २०७९ मा राजीनामा दिएका थिए । एक हातले राजीनामा पत्र दिएर अर्को सहसचिवको कुर्सीमै रहँदा औद्योगिक ब्यवसाय प्रतिष्ठानको कार्यकारी निर्देशकको नियुक्तिपत्र बुझेका उनले २०७९ पुस २६ देखि २०७३ पुस २५ सम्म ४ बर्ष त्यहाँ बिताएका थिए ।

 

करिब ५८ बर्ष पुग्न लाग्दा जागिरबाट राजीनामा दिएर नियुक्ति पाएका भट्टराईको हालको उमेर अनुमान लगाउँदा ६९ बर्ष पुगेर ७० बर्षमा प्रवेश गरेको स्वतः पुष्टि हुन्छ । उमेरले साँढे ३ बिसमा दौडिरहेका भट्टराईको उमेर घरमै आराम गर्ने हो, तर उनलाई लोभ र पदको आशक्तिले लगभग ७० बर्षको उमेरमा दिनहुँ कार्यालय आउजाउ गर्नुपरेको छ ।

 तेह्रथुम जिल्लाको प्रमुख जिल्ला अधिकारी हुँदा उनका कर्तुतका कारण जिल्लाका कर्मचारीले उनलाई बाँधेर घाँस हालेको बिषय अहिले पनि कतिपयको स्मरणमा ताजै छ । क्षमताहीन भट्टराईबाट पीएचडीहोल्डरहरु रहेको प्रतिष्ठानको साख कसरी जोगिएला ? औद्योगिक ब्यावसाय प्रतिष्ठानबाट बिदाई हुँदै गर्दा कार्यालयलाई पनि धरासायी बनाएर छाडेका छन् । उद्यमीहरु उत्पादन गर्ने उद्देश्यका साथ स्थापित उक्त औद्योगिक ब्यावसाय प्रतिष्ठान अहिले भट्टराईकै कारण बन्द जस्तै छ । उ

 

नले नेतृत्व गर्नुभन्दा धेरै उद्यमीहरु जन्माएको प्रतिष्ठान भट्टराईको कमिसनमोह र अदूरदर्शी नीतिकै लाइट बालेर खोज्नुपर्ने अवस्थामा पुगेको छ । प्रतिष्ठानलाई मृत्युशैयामा पु¥याएर अर्को प्रतिष्ठित संस्थाको प्रबन्ध संचालकको नियुक्ति लिएका भट्टराईले अब यो संस्थालाई कुन हालतमा पु¥याउने हुन् ? हेर्न बाँकी छ । (साँघु साप्ताहिक, २०८० असोज २२)