🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कोशी कांग्रेसद्वारा कार्यसम्पादन समितिको आह्वान

काठमाडौं, २६ असोज । कोशीमा शेखर कोइराला पक्षले विद्रोह गरेर एमालेसित सत्ता समीकरण गरेपछि नेपाली कांग्रेसले  प्रदेश कार्यसम्पादन समिति बैठक बोलाएको छ ।

विराटनगरस्थित प्रदेश पार्टी कार्यालयमा आज ११ बजे बस्ने गरि बैठक आह्वान गरिएको हो । बैठकले प्रदेशको ताजा अवस्थाबारे धारणा बनाउने बताइएको छ ।

विहीबार सत्ता गठबन्धनले माओवादी नेता इन्द्र आङ्बोलाई कोशीको मुख्यमन्त्रीमा दाबी गर्न लगाउने निर्णय गरेपछि कांग्रेस कोशीका ८ जना सासदले एमालेसँग मिलेर केदार कार्कीलाई मुख्यमन्त्रीका रूपमा अघि सारेका थिए ।

आङ्बो र कार्की दुवैले प्रदेश प्रमुखको कार्यालयमा दाबी पेश गरिसकेका छन । सविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री दाबी गर्न प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको समयसीमा आज बेलुका ५ बजे सकिदैछ ।