🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विभेद विरुद्ध सतिसालझैँ उभिन्छौँ : सभापति लामिछाने 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी विभेद विरुद्ध सतिसालझै उभिने बताएका छन् । 

२०८० असोज २९ गते सोमबार रास्वपाको ‘नीति मन्थन’ उद्घाटनमा उनले विभेदलाई अंगिकार गरेर अगाडि बढेको समाजमा मान्छेलाई बस्न लायक नहुने चर्चा गर्दै भविष्यको पुस्ताका लागि विभेदरहित समाजको पैरवी गर्न रास्वपा प्रतिबद्ध भएर अगाडि बढ्ने बताए । 

विभेदलाई अंगिकार गरेर अगाडि बढेको समाज मान्छे बस्ने समाज नभएको उल्लेख गर्दै उनले थपे, ‘आज कतिपय विकसित देशहरु हाम्रो र आउँदै गरेको पुस्ताको सपनाको देश बनेका छन् नि ती देशहरुमा यदी विभेदको एक थोपो पनि चुहाइदिने हो भने ती ठाउँहरु बस्न लायक ठाउँ हुने छैनन् । त्यसकारण विभेदका विरुद्धमा हामी सति सालझैं खडा भएको प्रतिबद्धता व्यक्त गर्छु ।’ 

उनले समाजलाई विभेदमा राखेर विकास सम्भव नहुने भन्दै आफ्नो पार्टी विभेदका विरुद्ध निर्मम भएर लाग्ने बताएका छन् । ‘समाजलाई विभेदमा राखिरहेर विकास वा संवृद्धिको परिकल्पना गर्नु भनेको त्यो दिवा सपना हो । त्यसकारण हामी यसमा निर्मम छौँ र विभेदरहित समाजको  पैरवी गर्नको लागि कटिबद्ध र प्रतिबद्ध छौँ,’ लामिछानेले भने ।    

उनले रास्वपाले आफ्नो नीति निर्माणका लागि आम जनतामा पुगेर आम नागरिकको विचार प्रशस्तै सुनेको तथा त्यहाँबाट प्राप्त सुझावको आधारमा नीति मन्थनमा समावेश गरेको धारणा राखे ।