साना बालबालिकाहरूले फोहोरबाट खाना टिपेर खाइरहेको चिसो सडकपेटीमा सुतेको जस्ता बालबालिकाको विचल्ली भएको झल्किने विविध फोटोहरू खिची विदेशी दाताहरूलाई देखाई उनीहरूको उद्धार गर्ने भन्दै संस्था संचालन गरी बसेका संचालकहरू सडक बालबालिकाको त हैन बरु आपूm, आफन्त र आफ्ना आसेपासेको उद्धार गर्न भने सफल भएका छन् । एनजीओका मालिकहरूको पहिलाको अनि अहिलेको काम कागजी मात्र गर्ने तथा भ्रष्टाचारको पराकाष्टा नाघ्दै आफ्नो र आफ्नो परिवारको जीवनस्तर उकास्दै जाने प्रवृत्ति बढ्दै गएको छ ।
आलिसान महलमा बस्ने करौडौको गाडी चढ्ने अनि आफूलाई मानव अधिकारवादी हुँ भन्ने भ्रष्ट संचालकहरूलाई कुनै कार्यवाही नभएको देख्दा यो देशमा कानूनभन्दा माथि शक्ति, पहुँच र पैसाको शासन छ भन्ने आम बुझाई हुन पुगेको छ । विविध क्षेत्रमा काम गर्न खोलिएका संस्थाहरू डलरको खेती गर्नमा नै तल्लिन हुने अवस्थाले गर्दा सम्बन्धित क्षेत्रमा हुनु पर्ने खर्च आफै पचाउने संस्था संचालकहरू सुरुमा के थिए र आज कहाँ पुगे प्रत्यक्ष देखिएकै कुरा हो । तर, खै किन हो हाम्रो प्रशासन तथा जिम्मेवार निकायहरू यसमा मौन बसेको देखिन्छ ।
समाज सेवा गर्ने नाममा आफै मेवा खाने प्रवृत्ति रहे स्थिति संधै यस्तै रहने पक्का छ । अझ बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाको प्रगति विवरण हेर्ने हो भने कति राम्रा राम्रा काम भएको पढ्न पाइन्छ । तर, यथार्थ त हाम्रो देशका सडक, होटल, मिल जता हेरे पनि प्रष्ट देखिन्छ, न त सडक बालबालिकाको संख्या घट्दो छ न बाल मजदूरको संख्या कम हुन सकेको अवस्था छ । अझ तथ्याङ्क हेर्ने हो भने पहिले भन्दा बढी जोखिम परिस्थितिमा बालबालिका रहेको देखिन्छ, किन त ? उत्तर सबैलाई थाहा छ । राम्रो काम गरे समस्या हल हुन्छ अनि माग्ने बाटो बन्द हुन्छ ।
नेपालमा यति धेरै संघ÷संस्था खोलिएका छन् बालअधिकारका नाममा तर पनि देशमा बालअधिकार नारामा मात्र सीमित हुनुको पछाडि संस्था संचालकहरूले निस्वार्थभावले काम गर्न नसक्नु नै हो । जबसम्म यहाँ भ्रष्ट संचालकहरूलाई कडाभन्दा कडा सजाय हुन्न यो शोषण र एनजीओहरूको भ्रष्टतन्त्र रोकिनेवाला पनि छैन । तर सरोकार वालाहरू कानमा तेल हालेर बसेको भान हुन्छ । राम्रोसंग छानविन गर्ने हो भने नेपालका प्राय एन.जी.ओ., आइ.एन.जी.ओ.का संचालकहरूको अकुत सम्पत्ति पत्ता लाग्छ । कुनै बेला साइकल समेत चढ्ने हैसियत नभएकाहरू अहिले पजेरो चढ्छन् । अरुको घरमा भाडामा बस्नेहरू अहिले आफ्नो आलिसान महल बनाउन भ्याइ सके । तर पनि एन.जी.ओ., आइ.एन.जी.ओका मालिकहरूको अकुत सम्पत्तिको वारेमा कुनै छानविन छैन । गरीबहरूलाई दुई छाक टार्न गाह्रो छ । देशमा सबै क्षेत्रमा समस्या छन् । तिनै समस्या देखाएर विदेशबाट सहयोगका नाममा करोडौं भित्र्याएर पचाउन पल्केका यस्ता भ्रष्ट संचालकहरू दण्डका भागी छन् विडम्बना भनौं कारवाही कसले गर्ने ? –कृष्ण बोगटी, ९८४३—७८३६२९
एन.जी.ओ.–आइ.एन.जी.ओका भ्रष्टलाई खै कारबाही ?




