🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सक्कली भन्दै नक्कली सुन बेचबिखन गर्ने पक्राउ

काठमाडौँ, २०  भदौ (रासस) : महानगरीय प्रहरी परिसर काठमाडौँले नक्कली सुनलाई सक्कली सुन भनी बेचबिखन गर्न हिँडिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धादिङका अभिषेक तामाङ, राज तामाङ र राजकुमार तामाङ तथा नुवाकोटका राम तामाङ, जितेन तामाङ र वीरेन्द्र तामाङ रहेको छ । दुई किलोग्राम नक्कली सुनलाई सक्कली भन्दै हिँडिरहेको अवस्थामा चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट उनीहरुलाई भदौ १७ गते आइतबार पक्राउ गरी भदौ १९ गते  सार्वजनिक गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामदत्त जोशीले जानकारी दिए  । 

यस बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

रेडपाण्डाको छालासहित पक्राउ 

यसैगरी परिसरले दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित दुईजनालाई पक्राउ गरेको छ । 

पाँच थान रेडपाण्डाको छाला लिएर हिँडिरहेको अवस्थामा सोलुखुम्बुका ३२ वर्षीय शुक्र राई र २७ वर्षीय पवन श्रेष्ठलाई भदौ १९ गते  परिसरको टोलीले पक्राउ गरेको हो । यसबारे आवश्यक अनुसन्धान भइरहेको पनि परिसरले जनाएको छ । 
–––