कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट विभिन्न मितिमा खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर भिमदत्त नगरपालीका वडा नं ०४ बसपार्क र गोवरियाबाट भन्सार छली गरी ल्याई लुकाई छिपाई राखिएकाे अवैध सामान बरामद गरेकाे छ ।
लगभग रु ७,३७,७५०।- (सात लाख सैतिस हजार तीन सय पचास) बराबरका विभिन्न किसिमका लेडिज सुट, कुर्ती सेट, कोटकाे कपडा, चिनी मिश्री गुड लगायत विभिन्न किसिमका सामानहरु फेला पारेकाे प्रहरीले जानकारी दिएकाे छ ।
प्रहरीले ती अवैध सामानहरू कानून बमोजिम बरामद गरि २०८० कात्तिक १० गते भन्सार कार्यालय गड्डाचौकी पठाईएको जानकारी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएकाे छ ।



