🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कोशी प्रदेश मन्त्रिपरिषद् विस्तारमा अझै अड्चन

विराटनगर । कोशी प्रदेश मन्त्रिपरिषद् विस्तारबारे अझै टुंगो लाग्न सकेको छैन । मन्त्रिपरिषद् विस्तारको विषयमा नेपाली कांग्रेस र नेकपा एमालेबीच कात्तिक १३ गते सोमबार छलफल भएको थियो । छलफल विना निष्कर्ष सकियो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यमन्त्री केदार कार्की र एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीबीच छलफल भएको थियो ।

छलफलका क्रममा सरकारमा कुन कुन दललाई सहभागी गराउने भन्नेबारे कुराकानी भएको जनाइएको छ ।

एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीमध्ये तत्कालका लागि कुनै एक दलका प्रतिनिधिलाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गर्नेबारे छलफल भएको छ ।

सत्तारुढ गठबन्धनमा आबद्ध सबै दललाई सरकारमा सहभागी गराइए आफू सरकारमा बस्न नसक्ने एमालेले बताउँदै आएको छ ।

छलफलमा सहभागी नेपाली कांग्रेसका सांसद शमशेर राईले गठबन्धन भित्रको कुनै एक दललाई सहभागी गराएर सरकार विस्तार गर्न सकिनेबारे छलफल भएको जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले भने सर्वदलीय सहमतिको सरकार बनाउनु आवश्यक रहेको भन्दै त्यसका लागि सार्वजनिक अपिल गर्दै आएका छन् ।

कांग्रेसको शेखर कोइराला पक्षका कार्की गत असोज २७ गते मुख्यमन्त्री ब नेका थिए । मुख्यमन्त्री भएलगत्तै उनले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । हाल मन्त्रिपरिषद्मा कार्कीबाहेक एकजना कांग्रेसका र अर्का एकजना एमालेका मन्त्री सहभागी छन् ।

मन्त्रिपरिषद्मा एमालेका राम राना र कांग्रेसका शमशेर राईलाई बिना विभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ ।

मुख्यमन्त्री कार्कीलाई राष्ट्रिय प्रजातन्त्र पार्टीबाहेक एमाले, कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीका सांसदले विश्वासको मत दिएका थिए ।

९३ सदस्यीय कोशी प्रदेश सभामा रहेका एमालेका ३९, कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका एक गरी ८६ जना सांसदले कार्कीलाई विश्वासको मत दिएका थिए ।