🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कोशी प्रदेश सरकारमा थपिए दुई मन्त्री

विराटनगर । कोशी प्रदेश मन्त्रिपरिषद् विस्तार गरिएको छ । मन्त्रिपरिषद्मा दुईजना मन्त्री थपिएका छन् । माओवादीका गणेश उप्रेती र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जवेगु मन्त्रिपरिषदमा थपिएका हुन् ।

दुवै मन्त्रीले आजै पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले कात्तिक १७ गते शुक्रबार साँझ पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।

असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीले यसअघि मन्त्रिपरिषदमा एमालेबाट रामबहादुर राना मगर र काँग्रेसका शमशेर राईलाई मन्त्री नियुक्त गरेका थिए ।

मुख्यमन्त्री कार्कीसहित अब कोशी प्रदेश सरकार पाँच सदस्यीय बनेको छ ।

पुराना र नयाँ थपिएका सबै मन्त्रीहरु हाल बिना विभागीय छन् । गठबन्दधन दलहरुबीच छलफल भएपछि उनीहरुलाई जिम्मेवारी दिइने भएको छ ।