🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपालमा ७०० वर्षयता ठूला भूकम्पबारे प्रमाणित अभिलेख विवरण यस्तो छ

वि.सं. १२१८ असार शुक्ल तृतीया तिथि सोमवारका दिन करीब ७.७ रेक्टर स्केलको भूकम्प गएको विज्ञहरूको भनाइ छ । यही भूकम्पमा परी राजा अभय मल्लको निधन भएको थियो ।

१२१८ को भूकम्प

यो भूकम्पले काठमाडौँ उपत्यकाका एकतिहाई जनसङ्ख्यालाई प्रभाव पारेको थियो । स्थानीय बासिन्दाले १५ दिनदेखि एक महिनासम्म शहर छोड्नुपरेको थियो ।

 -नेपालमा विसं १३१० मा ठूलो भूकम्प गएको पाइन्छ। त्यसले थुप्रै देवालय र घर भत्किए। भूकम्पमा परी राजा अभय मल्लको समेत ज्यान गएको थियो।

– १३१६ मा राजा जयदेवको पालामा गएको भूकम्पले पनि भवन भत्काउनुका साथै महामारी ल्यायो।

– १४६४ मा गएको भूकम्पले मत्स्येन्द्रनाथको मन्दिरका साथै अन्य थुप्रै मठमन्दिर भत्किए।

-१७३८ को भूकम्पले धेरै घर र मन्दिर भत्किए।

-१८६६ को भूकम्पले पशुपतिनाथको टेबललाई केही गरेन तर अन्य थुप्रै मन्दिरलाई पाताल बनाइदियो।

-१८९० मा गएको महाभूकम्पले दुई वटामध्ये एउटा धरहरा पाताल बन्यो। पाटन बालकुमारीको ड्ड मन्दिरबाट भूकम्प गएको २१ दिनपछि मूर्ति निकालिएको थियो। दरबार, मठमन्दिर थुप्रै भत्किए। त्यस भूकम्पले १८ हजार घरमा क्षति पुगेको अनुमान गरिएको छ।

– १९९० को भूकम्प ८.३ रेक्टर स्केलको थियो। त्यसमा आठ हजार ४३२ जनाको ज्यान गएको थियो भने १८ हजार ७१३ जना घाइते भएका थिए। त्यसबेला उपत्यकामा १२ हजार पहाडमा २४ हजार ७५२ घर र तराईमा तीन हजार ७५४ पर पूर्ण क्षति भएका थिए। त्यस्तै, उपत्यकामा २५ हजार ६५ घर पहाडमा ७३ हजार २५३ घर र तराईमा पाँच हजार ६१० घर आंशिक क्षति भएका थिए।

-२०३७ साउन १४ गते आएको मूकम्प ६.५ रेक्टर स्केलको थियो। बाङ केन्द्रबिन्दु भएको यो भूकम्पले १७८ जनाको ज्यान लियो भने ४० हजारभन्दा बढी घरलाई क्षति बनायो।

-२०४५ भदौ ५ गतेको ६.२ रेक्टर स्केलको भूकम्प उदयपुर केन्द्रबिन्दु भएर गएको थियो। यो भूकम्पमा परी ७२१ जनाको मृत्यु भएको थियो भने छ हजार २१३ जना घाइते भएका थिए। त्यसबेला १४ हजार २६४ घर पूर्ण क्षति ३३ हजार २५२ घर निरा परेर प्रयोग गर्न नमिल्ने र ७३५ हजार ४१६ घर आंशिक क्षति भएका थिए।

-२०६५ मंसिर ३१ गते हुम्ला केन्द्रबिन्दु बनाएर ६.० रेक्टर स्केलको भूकम्प गयो। यसले मानवीय क्षति कम गरे पनि भौतिक क्षति पुर्‍याएको थियो।

-२०६८ असोज १ गते पूर्वी नेपाललाई केन्द्रबिन्दु बनाएको भूकम्पले ठुलै क्षति गरेको थियो। त्यसको मापन ६.८ रेक्टर स्केलको गरिएको थियो। ताप्लेजुङ र भारतको सिक्किम केन्द्रबिन्दु भएको यो भूकम्पका कारण नेपालमा छ जनाको मृत्यु हुनुका साथै साँढे छ हजार घर पूर्ण क्षति भएका थिए। १२ हजारभन्दा बढी घरमा आंशिक क्षति तुल्यायो भने डेढ हजारभन्दा बढी सार्वजनिक भवन पनि क्षति भए।

– २०७२ वैशाख १२ गते ११ः५६ बजे गएको भूकम्प ७.६ रेक्टर स्केलको थियो। गोरखाको बारपाक केन्द्रबिन्दु भएको यो भूकम्पका कारण आठ हजार ९७० जनाको मृत्यु हुनाका साथै २२ हजार ३०२ जना घाइते भएका थिए।

– वैशाख १३ गते दोलखा केन्द्रबिन्दु भएर ६.२ रेक्टर स्केलको, वैशाख २९ गते दोलखा केन्द्रबिन्दु भएर ६.८ रेक्टर स्केलको भूकम्प गएको थियो। यस भूकम्पमा आठ लाख ६६ हजार २०७ निजी घर पूर्ण क्षति  र ४७ हजार  २७ घर आंशिक क्षति भएका थिए।

-साउन १५ गते खोटाङ केन्द्रबिन्दु बनाएर ६.० रेक्टर स्केलको सोही वर्षको कातिक २३ गते डोटी केन्द्रबिन्दु बनाएर ६.६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

-२०७७ साल भदौ ३१ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ६.० रेक्टर स्केलको भूकम्प गयो।

– २०८० असोज १६ गते बझाङ केन्द्रबिन्दु बनाएर गएको ६.३ रेक्टर स्केलको भूकम्पका कारण एक जनाको ज्यान गएको थियो। १३५ घर क्षतिग्रस्त भएका थिए।

-२०८० कार्तिक १६ गते जाजरकोट ६.४ रेक्टर, १५९ को मृत्यु।

https://www.facebook.com/bhim.upadhyaya.180