🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

स्वास्थ्य मन्त्री बस्नेतले भेटे टिचिङमा उपचाररत भूकम्प पीडित घाइते 

काठमाडौं । पश्चिम नेपालमा गएको विनासकारी भूकम्पमा परि गम्भीर घाइते भएका १० उपचाररत बिरामीलाई स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । 

कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी गम्भीर घाइते भएकालाई थप उपचारको लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ) ल्याइएको थियो । 

\"\"

मन्त्री बस्नेतले हिजो उपचाररत १० जना घाइतेसँग भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन । उपचाररत घाइतेमध्ये एक जनाको सल्यक्रिया भइसकेको,एक जनालाई आईसीयूमा राखेर उपचार गरिरहेको र बाँकी आठजनाको पनि उपचार भइरहेको अस्पतालले जनाएको छ । 

मन्त्री बस्नेतले आईसीयूमा उपचाररत घाइते र उनका आफन्तसँग भेटेर उपचार र स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । उनले चिकित्सकलाई उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएको मन्त्री बस्नेतको सचिवालयले जनाएको छ । 

सरकारले भूकम्पमा परेर घाइते भएकाहरुको उपचार निःशुल्क गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।