🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अभिभावककै कारण बालबालिकाको भविष्य बर्बाद हुँदै

जाजरकोट, २४  भदौ : कतै बाबुको मृत्यु हुँदा आमाले दोस्रो बिहे, त कतै बाबु पत्ता नलाग्दा यहाँका एक हजार पाँच सय बालबालिका जोखिमपूर्ण जिन्दगी बिताउन बाध्य भएको पाइएको छ । 

आमा, बाबाको न्यानो माया र शिक्षा अनि संस्कार सिक्ने उमेरमा बेवारिसे बन्दै जिन्दगी नै धरापमा परिरहेको अवस्थाले गर्दा निकै समस्या परेको सरोकारवाला निकायको भनाइ छ । यति मात्र कहाँ हो र कतै आर्थिक अभावका कारण बिरामीको शरीर निको नहुँदा पलपल मृत्युसँग बाँचिरहेका बालबालिकाको सङ्ख्या पनि ठूलो रहेको छ, यहाँ । 

जोखिममा परेका ती बालबालिका पढाइको साटो गिट्टी कुट्ने, भाँडा माझ्ने, गोठालो गर्नेलगायत कार्य गरेर जीवन निर्वाह गर्न बाध्य छन्  । जाजरकोटमा एक हजार ५०० बालबालिका जोखिममा रहेको तथ्याङ्क सार्वजनिक भएको छ । यहाँका सातवटा स्थानीय तहबाट सङ्कलन गरेको तथ्याङ्कअनुसार ठूलो सङ्ख्यामा बालबालिका जोखिममा परेको देखिएको हो । ६७४ बालक र ७०० बालिका जोखिममा छन्  । 

बारेकोट गाउँपालिकामा १६०, जुनिचाँदे गाउँपालिकामा ५५७, शिवालय गाउँपालिकामा ११८, छेडागाड नगरपालिकामा १६४, नलगाड नगरपालिकामा २३६, भेरी नगरपालिकामा २०६ र कुशे गाउँपालिकामा सय बालबालिका जोखिममा रहेको प्रजिअ ललितकुमार बस्नेतले जानकारी दिए   । 

सबै स्थानीय तहका गाउँगाउँमा पुगेर तथ्याङ्क सङ्कलन गर्न नसकिएका कारण जोखिममा परेका बालबालिकाको सङ्ख्या अझ बढ्न सक्ने देखिएको छ । “गत आर्थिक वर्षमा जिल्लाबाट तीन दर्जन बालबालिका हराएकामा २७ जनाको उद्धार गरिएको थियो ।” गत आवमा हराएकामध्ये नौजना बालबालिका फेला नपरेको प्रजिअ बस्नेतले बताए  । 

त्यस्तै जिल्लाबाट हराएका ३३ महिला अझै फेला नपरेको उनको भनाइ छ । अशक्त र जोखिममा परेका बालबालिकालाई शिक्षा, खाना तथा आवासका लागि स्थानीय सरकारले कुनै पनि खालको बजेट विनियोजन नगर्दा थप समस्या भएका नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए  । 
–––