🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अवैध भारतीय ब्रोइलर कुखुरा बरामद

नेपालगञ्ज, बाँके, २७ भदौ (रासस) : भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएको ठूलो परिमाणको ब्रोइलर कुखुरा प्रहरीले आज बिहान नेपालगञ्जबाट बरामद गरेको छ । 

प्रदेश नं ५ अनुसन्धान ब्यूरोले नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुरबाट तीन हजार कुखुराका चल्लासहित स्थानीयवासी नन्कौ सिद्दिकीलाई पक्राउ गरेको हो । बरामद गरिएको चल्ला प्रहरीले पशु क्वारेण्टाइन चेकपोष्ट नेपालगञ्जलाई बुझाएको छ । ती चल्ला आजै नष्ट गरिएको पशु क्वारेण्टाइन कार्यालय नेपालगञ्जका निमित्त कार्यालय प्रमुख रामसेवक त्रिपाठीले बताए  । 

अभियुक्त सिद्दिकीलाई रु २० हजार जरिवाना लगाइएको छ । भारतीय पक्षीजन्य वस्तु आयातमा नेपाल सरकारले प्रतिबन्ध लगाएको छ । भारतमा सस्तो दरमा उपलब्ध हुने भएकाले ब्रोइलर चल्ला र कुखुरा अवैध रुपमा नेपाल भित्रिने गरेको छ ।