🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बंगलादेशका कप्तान शाकिब राजनीतिमा आउने

बंगलादेश क्रिकेट टिमका कप्तान शकिल अल हसनले अब नयाँ इनिङ्स सुरु गर्ने भएका छन् । नयाँ इनिङ्स खेलको भने हाइन । उनले राजनीतिमा आउनका लागि चुनाव लड्ने निर्णय गरेका हुन् ।

सन् २०२४ को जनवरीमा हुने संसदीय निर्वाचनमा उनी आफ्नो गृहजिल्लाको सिटमा  प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगबाट चुनावमा उठ्ने भएका छन् ।

पार्टीले उनलाई  ‘मगुरा–१’ संसदीय क्षेत्रबाट चुनाबमा उम्मेदवार बनाउने निर्णय लिएको छ । यसका लागि साकिबले तयारी सुरु गरिसकेको पनि जनाइएको छ ।  

बंगलादेशले नोभेम्बर २८ देखि डिसेम्बर १० सम्म न्यूजिल्याण्डसँग दुई खेलको टेष्ट सिरिज खेल्दैछ । यो टेस्ट सिरिज बंगलादेशमा मात्रै खेलिनेछ । यसपछि बंगलाको टोली सिधै न्युजिल्याण्ड भ्रमणका लागि प्रस्थान गर्नेछ ।

उनले तीन एकदिवसीय र तीन टी–२० खेलको शृंखला खेल्ने छन् । यो भ्रमण ३१ डिसेम्बरमा समाप्त हुनेछ । तर, शाकिबले यी खेलमा सहभागी हुने या नहुने स्पष्ट भइसकेको छैन ।

६ नोभेम्बरमा श्रीलंकाविरुद्धको विश्वकप खेलमा शकिबको औंला भाँचिएको थियो । उनको  चोट अझै निको भइसकेको छैन । यस्तो अवस्थामा उनी कहिले मैदानमा फर्कनेछन् भन्ने टुंगो पनि लागेको छैन ।

राजनीतिमा प्रवेश गरेर चुनाव जिते भने शाकिब क्रिकेट खेल्छन् की खेल्दैनन् त्यो पनि पछि मात्रै थाहा हुने छ । यसअघि बंगलादेशमा पनि मशरफे मुर्तजाले सक्रिय क्रिकेटरका रूपमा चुनाव लडेका थिए र उनी सांसद बनेपछि पनि खेल्दै आएका थिए ।

शकिबले राजनीतिसँगै क्रिकेटलाई पनि निरन्तरता दिन सक्ने सम्भावना छ । तर, शाकिबले विश्वकपअघि नै न्यूजिल्याण्ड भ्रमणपछि एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा दिने भने पक्का छ ।