🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं, १२ मंसिर । नेपाली बजारमा सुनको भाउले मंगलबार पनि नयाँ रेकर्ड कायम गरेको छ । सोमबार ५०० रुपैयाँले नयाँ रेकर्ड राखेको सुनको मूल्यले मंगलबार पनि ३०० रुपैयाँ बढेर हालसम्मकै उच्च मूल्य कायम गरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । मंगलबार तेजावी सुन प्रतितोला १ लाख १७ हजार १५० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । 

यसअघि सोमबार ५०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । गत आइतबार छापावाला १ लाख १६ हजार ९०० रुपैयाँ र तेजावी सुन एक लाख १६ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।  

सोमबार १५ रुपैयाँले बढेर १ हजार ५०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार स्थिर छ ।