🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाली सेनाको हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार

किमाथाङ्का (सङ्खुवासभा), १२ मङ्सिर । सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट एक गर्भवती महिलाको उद्धार गरिएको छ ।  

जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना हुनुभएकी भोजपुरको षडानन्द नगरपालिका–८ तुङ्गेछाकी ३५ वर्षीया रिना सार्कीलाई नेपाली सेनाको हेलिकप्टरको सहयोगले उद्धार गरिएको जिल्ला अस्पताल सङ्खुवासभाका मेडिकल अधिकृत प्रदीप श्रीवालले जानकारी दिनुभयो । 

गर्भवती महिलाको गर्भमै शिशु मृत भेटिएपछि आज राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत उद्धार गरिएको हो । गर्भवती सार्कीलाई मङ्गलबार दिउँसो थप उपचारका लागि हेलिकप्टरमार्फत थापाथली प्रसूति गृह काठमाडौँ पठाइएको अस्पताल मेडिकल अधिकृत श्रीवालले बताउनुभयो । 

गर्भवती सार्कीको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । गर्भवती सार्कीको स्वास्थ्य अवस्था जटिल हुँदै गएका कारण थप उपचारका लागि हवाई उद्धार  काठमाडौँ पठाइएको हो । गर्भवती सार्कीको अत्यधिक रक्तश्राव र उच्च रक्तचापसमेत देखिएको मेडिकल अधिकृत श्रीवालले बताउनुभयो । 

सरकारले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई हवाई उद्धार गरी तोकिएका अस्पतालमा पु¥याउने व्यवस्था मिलाउने गरेको छ । 

सरकारले दुर्गम भेगमा जोखिममा परेका गर्भवती, लगातार लामो बेथा लाग्दा पनि शिशु जन्माउन कठिनाइ भएको, गर्भमा नै शिशुको मुत्यु भएमा र सुत्केरीपश्चात् अत्यधिक रक्तश्राव भएको अवस्थामा निःशुल्क उद्धार गर्दै  आएको छ । 

सङ्खुवासभामा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हालसम्म एक दर्जन बढी सुत्केरी  तथा गर्भवती महिलाको उद्धार गरिएको छ ।–––