🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सभापति निवासमा कांग्रेसका पूर्व र वर्तमान पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले ताजा राजनीतिक परिस्थितिका बारेमा संगठनभित्र छलफल सुरु गर्ने भएको छ । सभापति शेरबहादुर देउवाले चितवनको कार्यक्रममा सहभागी भएर राजधानी फर्किएपछि निकटस्थ नेताहरुसँग परामर्श गरेका थिए । त्यसपछि पार्टीका पदाधिकारी पूर्व पदाधिकारीलाई छलफलका लागि बोलाएका छन् । 

आज दिउँसो १ बजे आफ्नै निवासमा बस्ने बैठकमा सभापति देउवाले वर्तमान र पूर्व पदाधिकारीहरुसँग राष्ट्रिय राजनीतिको ताजा अवस्थाका बारेमा छलफल गर्नेभएका हुन् । 
गणतन्त्रको विकल्प खोज्दै विरोध प्रदर्शन भएका सन्दर्भमा सभापति देउवाले गणतन्त्रको विकल्प नरहेको बताउँदै राजसंस्था पुनस्र्थापनाको सम्भावना छैन भनेर चितवनमा भनिसकेका छन् । 

नेपाली कांग्रेसको नियमित महासमिति बैठक पटक पटक सर्दै आएकोमा पार्टीभित्र आलोचना खेपिरहेका सभापति देउवाले आगामी पुसमा महासमिति बैठक बोलाएका छन् । महासमिति बैठक आगामी पुस १६ देखि १९ सम्म काठमाडौंमा हुने भएको छ ।

आज बस्ने पदाधिकारी बैठकमा यसबारेमा वृहत छलफल हुने भएको छ । महासमिति बैठकको तयारी र विभाग गठनका विषयमा छलफल गर्न सभापति देउवाले पदाधिकारी बैठक बोलाएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।