खबरका अनुसार, हालै अमेरिकाको फिलाडेल्फिया किरा संग्रहालयबाट दिनदहाडै विचित्रको चोरी भएको छ । यहाँबाट अरु केही नभई बिषादी एक माकुराको चोरी भएको हो । यो माकुरा यस संग्रहालयमा भएको ७ हजार किराहरूमध्ये एक भिन्न किरा थियो । यो सबै घटना संग्रहालयमा भएको सीसीटीभी क्यामेरामा रेकर्ड थियो । भिडियोमा यो स्पष्ट देख्न सकिन्छ कि चोरले एक कारमा निलो रङको प्लास्टिकको कन्टेनर राखेको थियो । उक्त कन्टेनरमा यो चोरले करीब ४० हजार डलर पर्ने अर्थात् ४५ लाखको दुर्लभ किराहरू र एक विषाक्त ६ वटा आँखा हुने माकुराको चोरी गरी राखेको लगेको थियो ।




