🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भूकम्पपीडित नागरिकको पीडालाई अनुभूति गर्न आए : अध्यक्ष ओली

जाजरकोट, १९ मङ्सिर : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जाजरकोट र रुकुमका भूकम्पपीडित नागरिकको पीडालाई अनुभूति गर्न आफू प्रभावित क्षेत्रमा आएको बताउनुभएको छ ।

भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्न जाजरकोट र रुकुम पश्चिमको सिमानान रिम्ना पुग्नुभएका अध्यक्ष ओलीले पार्टी केन्द्रको निर्णयबाट भूकम्पपीडितका पीडा कम गर्न देशभरबाट स्वयम्सेवक खटाएको जानकारी दिनुभयो । “सही चिन्तन नभएसम्म केही काम गर्न सकिँदैन । एमालेमा जुन कार्य क्षमता छ, त्यो अरूसँग छैन, एमालेसँग जुन जनभावना छ, त्यो जनभावना अरूसँग छैन”, उहाँले भन्नुभयो ।  

\"\"जाजरकोट भेरी नगरपालिका-१ रिम्नामा मङ्गलबार नेकपा (एमाले)ले आयोजना गरेको कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रममा सहभागीहरुको तस्बिर लिनुहुँदै ।  तस्बिर : हेमन्त केसी / रासस
 

पार्टीले सुरु गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि सङ्कल्प यात्रा’को छैटौँ दिन सुर्खेतबाट भेरी कोरिडोर हुँदै जाजरकोट पुग्नुभएका अध्यक्ष ओलीसहित पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, युवराज ज्ञावली, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, सचिव पद्मा अर्याललगायतका स्थायी कमिटी, केन्द्रीय कमिटिका नेता सहभागी हुनुहुन्छ । 

रिम्नमा भूकम्प पुनः निर्माण फोटो प्रदर्शनी 

एमालेको केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयम्सेवक विभागले जाजरकोटको रिम्नामा फोटो प्रदर्शनी गरेको छ । जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले गरेको भौतिक संरचना क्षतिको खोज उद्धार र पुनःनिर्माणका लागि प्रभावित क्षेत्रमा विभागले एक दिने फोटो प्रदर्शनी गरेको हो । 

यही मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको ‘झुलाघाट चिवा भञ्ज्याङ, समृद्धिका लागि सङ्कल्प यात्रा’को छैटौँ दिन एमाले अध्यक्ष ओली नेतृत्वको टोली भूकम्प प्रभावित क्षेत्रमा पुगेको अवरसमा विभागले कामका क्रममा खिचिएका तीन सय बढी फोटोको प्रदर्शनी गरेको विभागका संयोजक किरण पौडेलले जानकारी दिनुभयो ।–––