🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

उद्योग विभागको कार्यशैलीबाट सेवाग्राही हैरान !

 

काठमाडौं । त्रिपुरेश्वरस्थित उद्योग विभागमा विभिन्न काम लिएर जाने उद्योगी व्यवसायीहरू क्षेत्रका सेवाग्राहीहरु कर्मचारीको व्यवहारबाट हैरान हुँदै आएको गुनासो बाहिर आएको छ । बिभिन्न बहानाबाजी गर्दै कर्मचारीले सेवाग्राहीलाई यो कागज मिलेन, त्यो पुगेन, फाइल अध्ययन गर्दैछु भनेर अल्मल्याउने गरेको पीडितहरुले जानकारी दिएका छन ।

भोलि फलानो कागजात लिएर आउनु होला, यस्तो निर्णय गरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हामीलाई ठाडै समात्छ र जेल हाल्छ भन्दै कर्मचारीले बहानाबाजी गरेर समयमा काम नगर्ने गरेको भुक्तभोगी पीडितहरुले जानकारी दिएका छन् ।

तपाईंको काम गर्ने भए अख्तियारलाई पनि मिलाउनु पर्छ, भाग दिनुपर्छ भन्दै अनावश्यक दुःख दिएर अतिरिक्त रकम नदिएसम्म काम नगर्ने गरेको एक पीडितले नाम उल्लेख नगरिदिने शर्तमा बताए । यही कारण अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्व पनि विभागको कार्यशैली प्रति असन्तुष्ट रहेको बताइन्छ । काम र सेवाग्राहीलाई गर्ने व्यवहारका गुनासो सुनेर उद्योग सचिव मुकुन्द निरौलासमेत हैरान परेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

विभागका महानिर्देशक बाबुराम गौतमको काम गराईप्रति मन्त्री रमेश प्रसाद पनि असन्तुष्ट हुँदै गएको स्रोत बताउँछ । सेवा प्रवाहलाई चुस्त, छिटोछरितो, पारदर्शी र प्रभावकारी बनाउन महानिर्देशक गौतममार्फत मन्त्री रिजालले पटक–पटक निर्देशन दिंदै आएको मन्त्रालय स्रोतले बताएको छ । तर, सेवा प्रवाह भने पहिलाको भन्दा अझ कमजोर हुँदै गएको बताइन्छ । (साँघु साप्ताहिक, २०८० पुस २)