काठमाडौँ, १ असोज (रासस) : विराटनगरस्थित नोबेल मेडिकल कलेजमा अध्ययनरत शौरभ उप्रेतीको हत्या गरिएको आफन्तले दाबी गरेका छन् । रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले प्रहरीले अपराधीलाई उन्मुक्ति दिएको र प्रमाण नष्ट गरेको दाबी गरेको छ ।
मृतकका बुबा अर्जुन उप्रेतीले छोराको हत्यामा संलग्न अपराधीलाई कानूनअनुसार कारवाही गर्न सरकारसँग माग गरे । मृतककी आमा गोपिनी उप्रेतीले छोराका हत्यारालाई सरकारले कारवाही नगरेकामा दुःख व्यक्त गरिन् । उनले प्रहरीले किटानी जाहेरी दिँदा पनि उजुरी दर्ता गर्न नमानेको बताइन् ।



