🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विदेशमा कमाउने र उतै रमाउने हो भने स्वदेशलाई कुनै फाइदा पुग्दैन : राजदूत सिक

पर्वत, २  असोज (रासस) : नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले नेपाली नागरिकलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने सुझाव दिएका छन्। 

पर्वत सदरमुकाम कुस्माबजारमा असोज १ गते  आयोजित अन्तरक्रिया कार्यक्रममा  सिकले  स्वदेशमै रोजगारी सिर्जना गर्न सके मात्र नेपाल छिटो विकसित मुलुक बन्ने धारणा व्यक्त गरेका हुन्  । 

“विदेशमा गएर काम गर्ने भनेको छोटो अवधिका लागि हो”, राजदूत सिकले भने, “स्वदेशी अर्थतन्त्र बलियो बनाउन निर्यातमूलक उद्योग खोल्ने र मुलुकका हरेक क्षेत्रमा रोजगारी सिर्जना गर्नेतर्फ नेपाल सरकारले विशेष ध्यान दिनुपर्दछ ।” 

 राजदूत सिकले कोरियामा अहिले पनि २० हजार नेपाली श्रमिक काम गरिरहेको बताउँदै त्यहाँ सिकेका सीपलाई स्वदेशको विकास र समृद्धिमा लगाउन सबैमा आग्रह गरे  । 

राजदूत सिकले कोरिया चरम आर्थिक सङ्कटमा रहेका बेला विदेशमा गएर सीप सिकेपछि स्वदेश फर्केर औद्योगिकीकरणमा साथ दिएको चर्चा गर्दै विदेशमा कमाएको धन स्वदेशमा लगानी गरे मात्रै वैदेशिक रोजगारीमा जानुको औचित्य हुने बताए । 

“विदेशमा कमाउने र उतै रमाउने हो भने स्वदेशलाई कुनै फाइदा पुग्दैन”,  सिकले  भने, “विदेशमा आर्जन गरेको धन र सीप स्वदेशका लागि लगानी गर्नुपर्छ ।” 

राजदूत सिकले ६० वर्ष अगाडिको गरीब कोरिया यति छिट्टै संसारकै विकसित राष्ट्र हुनुमा कोरियाली जनताले कृषि तथा औद्योगिक क्षेत्रमा गरेको मिहेनतको प्रतिफल भएको उल्लेख गर्दै कोरियाको तीव्र विकास हुनुमा भ्रष्टाचारविरुद्धको अभियान चाल्नु, आर्थिक तथा सामाजिक क्षेत्रमा ठूलो लगानी गर्नु रहेको बताए  । 

आर्थिक विकासका लागि उच्च सम्भावना बोकेको पर्यटन र जलस्रोत क्षेत्रको विकास गर्न सक्यो भने नेपाल छिटै नै आर्थिक समृद्धि हासिल गर्न सकिन्छ,  सिकले भने, “पर्यटक भित्र्याउने र जलविद्युत् निर्यात गर्ने महत्वकाङ्क्षी योजना कार्यान्वयन गर्न सकेमा नेपालले पनि कोरिया जस्तै छोटो समयमा आर्थिक फड्को मार्न सकिन्छ ।”
–––