🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नारायढगढ–मुग्लिङ सडक खण्ड अबरोध, तालिका हेरेर मात्र हिडनुहाेस्

चितवन, ८ पुस । आज पनि नारायढगढ–मुग्लिङ सडक खण्ड अबरोध हुने भएको छ ।

नारायणगढ–मुग्लिङ सडक खण्डमा निर्माणाधिन पुलहरू मध्य बाँकी रहेको तुइन खोला पुलमा पुलको जग र एप्रोच सडकको लागि कडा चट्टानी पहाड फुटाइ पुनः निर्माण कार्य सुचारू गर्नका लागि उक्त सडक खण्ड बन्द गर्न लागिएको हो ।

हिजो देखि बन्द हुन सुरू गरेको सो सडक खण्ड आज पनि अपरान्ह १२ बजे देखि दिउँसो ४ बनेसम्म यातायाता सञ्चालन पुर्ण रुपमा रोकिन ट्राफिक कार्यालयले जनाएको छ । 

जसअनुसार मुग्लिङ तर्फबाट छिर्ने सवारी साधानहरू यात्रुबाहक सवारी जस्तै मिनीबस, माइक्रो बस र साना सवारी साधान मुग्लिङ बजार देखि मनकामना केबुलकार गेटसम्म तथा पोखरातर्फबाट आउने सवारी बेनिटार देखि पावरहाउससम्म रोकिनेछ, नारायणगढतर्फ छिर्ने सवारी साधानहरू पन्ध्रकिलो बजार देखी जुगेडीसम्म रोकिनेछन । 

मुग्लिङतर्फ छिर्ने ट्रक, लरी, ट्रेलर, ट्रिपर, टयाङक र भारी सवारी साधान भने लेवाटार र सत्रसय फाँटमा रोकिनेछन भने नारायणगढतर्फ छिर्ने यस्ता सवारी साधानहरू भतेरी जंगल देखी रामनगरसम्म रोकिने ट्राफिक प्रहरीले जनाएको छ ।

उसका अनुसार यो यात्रा अबरोध पुस ७ देखि २८ गतेसम्म जारी रहने भएकाले यसै अनुसार ब्यवस्था गर्न गराउन अनुरोधसमेत गरिएको छ ।