🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

टी- २० सिरिज: न्यूजील्याण्डविरुद्ध बंगलादेश ५ विकेटले विजयी

काठमाडौँ । बंगलादेशले न्यूजील्याण्डविरुद्ध टी- २० खेलमा जित हासिल गरेको छ । जारी टी- २० सिरिजको पहिलो खेलमा बंगलादेशले न्यूजील्याण्डलाई ५ विकेटले पराजित गरेको हो ।

न्यूजील्याण्डले दिएको १३५ रनको लक्ष्य पछाएको बंगलादेशले १८.४ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । बंगलादेशको जितमा लिटन दासले अविजित ४२ रन बनाएका थिए भने सौम्य सरकारले २२ तथा कप्तान नाजमूल होसैन शान्तो र टोवहिद हृदोयले १९-१९ रन बनाएका थिए ।

यस अघि पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले जेम्स निशामको ४८ रनको मद्धतले २० ओभरमा ९ विकेट गुमाउदै १३४ रन बनाएको थियो । यो बंगलादेशको टी-२० क्रिकेटमा न्यूजिल्याण्डकै घरेलु मैदानमा जित हासिल गरेको पहिलो पटक हो ।

यो जितपछि ३ खेलको सिरिजमा बंगलादेश १-० ले अगाडी भएको छ ।  अब सिरिजको दोस्रो खेल शुक्रबार हुने तालिका रहेको छ ।