🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मन्त्रीहरूबाटै प्रचण्डको आलोचना !

काठमाडौं । वर्तमान गठबन्धन सरकार गठन भएको एक वर्षमा मन्त्रीहरुले काम गर्न नसकेको गुनासो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वयम्ले असन्तुष्टि जनाउँदै आएका छन् । मन्त्रीहरुले पनि प्रधानमन्त्रीको आलोचना गरेका छन् । यही कारण मन्त्रीहरु हेरफेर गर्नेसम्मको चर्चा राजनीतिक दलहरुका बिचमा चलिरहेको बताइन्छ । त्यति मात्र होइन, प्रधानमन्त्री प्रचण्ड र मन्त्रीहरुका बिचमा मन्त्रिपरिषद् बैठकमै खटपट पैदा हुन थालेको चर्चा बाहिर आएको छ ।

सत्तागठबन्धन दलभित्रकै अर्काे पार्टीले सञ्चालन गरेको मन्त्रालयको नियुक्तिहरूमा प्रधानमन्त्रीले हस्तक्षेप गरेको गुनासो पनि आइरहेको छ । मन्त्रिपरिषद्ले गरेको निर्णयलाई पनि विषयगत समितिमा छलफल गरेर मात्र सहमतिमा पुग्नुपर्छ भन्दै महिनँंै अल्झाएको गुनासो मन्त्रीहरुले गर्दै आएका छन् । प्रधानमन्त्री प्रचण्डले हस्तक्षेप गरेर आर्थिक चलखेलका कारण प्रस्ताव गरिएभन्दा विपरीत अर्कैलाई नियुक्ति गरिएको गुनासो बढेको छ । ऐन कानूनको मस्यौदा पनि मन्त्रिपरिषद्बाट रोक्ने, समितिमा लगेर अल्झाउने र यदाकदा मन्त्रिपरिषद्बाट निर्णय भएर संसदमा पेश गर्ने भनि निर्णय हुँदा पनि रोकेर राख्ने कार्यशैलीको मन्त्रीहरूले नै विरोध जनाएका छन् । बजेटमा समावेश भएका कार्यक्रमलाई बजेट सुनिश्चितता, समयमा निर्णय र बजेट नदिने प्रवृतिप्रति गुनासो गर्दै आएका छन् । 

प्रधानमन्त्री नै असन्तुष्ट, सम्बोधनको तयारी 
प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालको एक वर्ष पुगेको सन्दर्भमा पुस १० गते सरकारका प्रगति पेश गर्दै जनताका नाममा सम्बोधन गर्ने तयारी गरेका छन् । मुख्यसचिव डा. बैकुण्ठ अर्यालमार्फत सम्पूर्ण मन्त्रालय र निकायहरूबाट एक वर्षे कार्यप्रगति मगाउने र छपाउने काम भइसकेको छ । प्रधानमन्त्रीको सम्बोधनपछि त्यसलाई सार्वजनिक गर्ने तयारी भइरहेकोे छ ।

तर, प्रचण्ड नेतृत्वको सरकार वर्ष दिन पुग्दा कामको समीक्षा गर्न बसेको बैठकमा मन्त्रीका कामप्रति स्वयम् प्रधानमन्त्रीले असन्तुष्टि जनाएका थिए । यही क्रममा प्रधानमन्त्री र मन्त्रीहरुकाबीच आरोप–प्रत्यारोप चलेको चर्चा चुलिएको छ । बैठकमा प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरुले परिणाम देखिने गरी काम गर्न नसकेको भन्दै आलोचना गरेका थिए । अर्थतन्त्र ओरालो लागिरहेको बेलामा खासगरी अर्थमन्त्री डा. प्रकाशशरण महतले सुधारका लागि प्रयत्न नगरेको प्रधानमन्त्री आरोप लगाएका छन् । 

बैठकमा सबै मन्त्रालयहरुले चालु आर्थिक वर्षको तीन महिनाको प्रगति रिपोर्ट प्रस्तुत गरेका थिए । मन्त्रीहरुको रिपोर्ट कमजोर देखिएपछि प्रधानमन्त्री प्रचण्ड कर्मचारीकै अगाडि मन्त्रीहरुमाथि खनिएका थिए । समीक्षा बैठकमा मन्त्रीहरुले पनि काम गर्ने वातावरण बनाउन प्रधानमन्त्री प्रचण्डले स्वम्ले नै असहयोग गरेको भन्दै आलोचना गरेका थिए ।

मन्त्रिपरिषद् बैठकमा कांग्रेस र जसपाका मन्त्रीहरुले प्रधानमन्त्रीको आलोचना गरेको बताइएको छ । अर्थतन्त्र लयमा ल्याउन प्रधानमन्त्रीकै भूमिकासमेत कमजोर रहेको ती मन्त्रीहरुले आरोप लगाएको बताइन्छ । प्रधानमन्त्री कार्यालयले तय गरेको त्रैमासिक रिपोर्टकार्डमा अधिकांश मन्त्रीहरुले परिणाम दिन नसकेको उल्लेख गरिएको छ । सोही आधारमा प्रधानमन्त्रीले असन्तुष्टि पोखेपछि मन्त्रीहरुले भने दोषजति मन्त्रीलाई थोपरेर आफू उम्किन नमिल्ने जवाफ दिएको बताइन्छ ।

प्रधानमन्त्रीका सल्लाहकार र सत्तारुढ दलकै कतिपय नेता र सांसदहरुले समेत सरकारले जनताको अपेक्षाअनुरुप काम गर्न नसकेको आरोप लगाइरहेका छन । यही बेलामा मन्त्रीहरुको त्रैमासिक रिपोर्टले समेत सरकार सफलताउन्मुख नरहेको प्रष्ट पारेको छ । (साँघु साप्ताहिक, २०८० पुस ९)