सासदहरु समेत आचार सहिता उल्लंघनमा अगाडि
निर्बाचनआयोगले सोधेको स्पष्टिरणको कुनै औचित्यनभएको सांसद कर्णको भनाई
बारा । २०७४ असोज २ अगते हुने स्थानीयतहको तेस्रो चरणको निर्बाचनको तयारी पूरा भएको छ ।
तराइका बिभिन्न जिल्लामा हुन गैरहेको निर्बाचनमा आचार संहिताको भने ब्यापक उल्लंघन भएको छ ।
राजनीतिक दलहरुले निर्बाचन आयोगले जारी गरेको आचार संहिताको धज्जी उडाउने काम गरेका छन । चुनाब चिन्ह अंकित भेष्ट , टोपी गम्छा प्रयोग गर्न नपाइने कुरा आचार संहिताले भने पनि निर्बाचनको अघिल्लो दिन मौन अबधिमा समेत चुनाब चिन्ह अंकित भेष्ट लगाएर युवाहरु हिंडदै गरेको देखिन्थ्यो भने मत माग्ने काम पनि पार्टीका नेताहरुले गरेका थिए ।
आचार संहिता उल्लंघन गरेको भनी निर्बाचन आयोगले स्पष्टिकरण सोधेको छ नि भन्ने प्रश्न गर्दा लक्षमण लाल कर्णले भोलि निर्बाचन हो त्यस्ता स्पष्किरणको औचित्य नभएको बताए ।
राष्ट्रिय जनता पार्टीका लक्षमणलाल कर्णलगायतका राष्ट्रिय जनता पार्टीका नेताहरु पर्साको जगनाथपुर एवं अन्य ठाउमा खुलेआम प्रचार प्रसार र अन्य प्रलोभन दिँदै हिंडेका थिए ।
निर्बाचनका लागि मौन अबधि प्रारंभ भएपछि पनि भित्री रुपमा भोजभतेर र रकम समेत बाँडने काम गरेको बुझिएको छ ।
निर्बाचन आयोगले गोप्प रुपमा खटाइएका सूक्षम अनुगमनकर्ताले भनेका छन , आचार संहिता विपरीतका कार्यहरु निकै भएका छन ।




