🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनसँग तालमेल गर्न लागेको नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्य निर्वाचनसहित समसामयिक विषयहरूमा छलफल गर्न सचिवालय बैठक बोलाएका हुन् । 

बैठक च्यासलस्थित केन्द्रीय कार्यालयमा शुक्रबार दिउँसो १२ बजे बस्ने गरी बोलाइएको केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए । राष्ट्रिय सभामा २० सदस्यको पदावधि सकिँदैछ । त्यसमध्ये ९ जना नेकपा एमालेबाट छन् । 

सत्ता गठबन्धन दलले मात्रै तालमेल गरे आफूले एक सिट पनि नपाउने अवस्था बनेपछि एमालेले सत्तारूढ गठबन्धनसँगै तालमेल गर्न लागेको हो ।