🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

“सद्धर्म बौद्ध सेवा समाज, पाल्पा–काठमाडौ” नामक गैरसरकारी संस्थाको स्थापना

  लुम्विनी अंचल, पाल्पा, बुटवल, भैरहवा तथा अन्य स्थानवाट काठमाडौँ उपत्यकामा छरिएर बिभिन्न पेशा, ब्यवसाय तथा अध्ययन, अध्यापनमा संलग्न शाक्य, बज्राचार्य, गुभाजु तथा बुद्धाचार्यहरुको बिचमा आपसी सदभाव, समन्वय, भाईचाराको विकास गर्ने, बौद्ध धर्म तथा लुम्विनी क्षेत्रको समग्र शिक्षा, स्वास्थ्य, पर्यटन, सामाजिक, आर्थिक, भाषिक तथा साँस्कृतिक लगायतका समाजका बहु आयामिक पक्षको प्रबर्धन तथा विकास सम्बन्धी कार्य गर्ने मूख्य उद्देश्यले “सद्धर्म बौद्ध सेवा समाज,  पाल्पा–काठमाडौ“ नामक गैर सरकारी संस्थाको स्थापना गरिएको छ |

समाजको मिति २०७४ भाद्र ३१ गतेका दिन बार्षिक उत्सव तथा दोश्रो साधारण सभा, विश्व शान्ति बिहार, नया बानेश्वर, काठमाडौँमा सफलतापूर्वक  सम्पन्न भएको छ | बौद्ध परम्परा अनुसार पंचशील पाठ र बुद्ध धर्म संघको प्रतिक स्वरूप तीन ओटा दीप प्रज्वलन गरि बार्षिक उत्सबको सुभारम्भ गरिएको थियो |

बौद्ध जगतको युग पुरुषपूज्य धम्मानुशासक, अग्ग महा सद्धम्म ज्योतिकधज, अग्ग महापण्डित विशिष्ट अतिथि श्रध्देय भिक्षु ज्ञानपूर्णिक महास्थविरको करकमलमा वहाँको बुद्ध धर्मको प्रचार प्रसार तथा उत्थानमा महत्वपूर्ण योगदानको कदर गर्दै समाजको तर्फबाट प्रमुख अतिथि, विपश्यना ध्यानका आचार्य शीलबहादुर बज्राचार्य र समाजका अध्यक्ष पुरन राज बज्राचार्यले अभिनन्दन गरेका थिए। त्यसैगरी  पाल्पा तानसेनका चक्रेश्वर थापा आजु  सन्तलाल बज्राचार्यज्यूको समाजप्रतिको योगदानको कदर स्वरूप सम्मान पत्र प्रदान गरिएको थियो |  

 सुरेन्द्र मुनी शाक्य नेपाल सरकारको मन्त्रिपरिषदको निर्णयले समग्र लुम्बिनी बौद्ध क्षेत्रको विकासको लागि स्थापित लुम्बिनी बिकास कोषको कोषाध्यक्ष जस्तो गरिमामय पदमा मनोनित भएकोमा उनलाई हार्दिक बधाई प्रकट गर्दै सम्मान पत्र प्रदान गरिएको थियो ।

समाजको दर्ता प्रक्रियामा बिशेष योगदान प्रदान गर्ने संस्थापक सदस्य सुरेन्द्रबहादुर बज्राचार्य र अधिवक्ता आरती शाक्यलाई सम्मान पत्र प्रदान गरिएको थियो |
 

समाजको विभिन्न कार्यक्रम संचालनार्थ अक्षयकोषको लागि सहयोग प्रदान गर्ने दाताहरु भक्तकुमारी बज्राचार्य, सुबर्णकाजी शाक्य, धन कुमारी शाक्यलगायत आर्थिक सहयोग प्रदान गर्ने दाताहरुलाई पनि उनीहरुको सहयोगको कदर स्वरूप कदर पत्र प्रदान गरिएको थियो ।

यस समाजका प्रबुद्ध सदस्यहरुले देश बिकास र समाजको बिकासको लागि आ-आफ्नो क्षेत्रबाट बिबिध विधामा पी. एच. डी. उपाधि हासिल गर्नु हुने डा. भक्त बहादुर गुभाजु, डा. सोभित लाल बज्राचार्य,डा. सुशील बहादुर बज्राचार्यलाई उहाँहरुको समाज प्रतिको योगदानको कदर स्वरूप प्रसंशा पत्र प्रदान गरिएको थियो |

त्यस्तै चिकित्सा क्षेत्र तर्फ डा. ओजेस बज्राचार्य, डा. पुजा राइ बज्राचार्य, डा. त्रिशला बज्राचार्यलाई समाजका सल्लाहकार  ज्ञानकाजी शाक्यले सम्मान पत्र प्रदान गरेका थिए। | त्यसैगरी स्नातकोत्तर तहमा उत्कृष्ट नतिजा ल्याई उतीर्ण हुनु हुने,  बसुन्धरा शाक्य M.Phil. श्री निरज बज्राचार्य MSc. (Engineering)  र सुश्री अनोमा बज्राचार्य M.B.A. लाई प्रसंशा पत्र प्रदान गरिएको थियो | त्यसैगरी प्लस टुमा प्रथम श्रेणीमा उतिर्ण हुने रोजित बज्राचार्य, र S.E.E. मा उत्कृष्ट नतिजा ल्याई उतिर्ण हुने अभिक शाक्य, हिसिला बज्राचार्य र प्रेरणा शाक्यलाई पनि प्रसंशा पत्र प्रदान गरिएको थियो |