🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

‘मायाका रंगहरु’मा सुनिल थापा र बुद्धि तामाङ 

काठमाडौं । फिल्म ‘मायाका रंगहरु’मा अभिनेता सुनिल थापा र बुद्धि तामाङ अनुबन्धित भएका छन् । 

केवल तामाङको निर्माण र निर्देशकीय डेब्यू रहने उक्त फिल्ममा यसअघि अभिनेता पल शाह र कुन्दन भारद्वाज अनुबन्धित भइसकेका छन् । केवलले हालैमात्र सुनिल र बुद्धिलाई फिल्ममा अनुबन्ध गरेका हुन् ।

फिल्मको छायांकन फागुन अन्तिम सातादेखि भारतको सिक्किममा सुरु हुनेछ । प्रमिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन नेपालको इलाम र काठमाडौँ तथा भारतको सिक्किम, दार्जिलिङमा गरिने फिल्मको निर्माता आरबी थाङदेनले जानकारी दिए । 

फिल्ममा भद्र भुजेल र राम मेहराको मुख्य सहायक निर्देशन, सौरभ लामाको डिओपी, शेखर ज्ञवालीको कथा, ताराप्रकाश लिम्बु, उर्गेन दोङ, मेचु धिमाल र दीपक शर्माको संगीत, सुष्मा सोनम, रामजी लामिछाने र कृष्ण तामाङको कोरियोग्राफी रहनेछ ।

फिल्ममा जेनिश न्यौपाने र दिपेन्द्र चिलवालले सह–निर्माताको भूमिका निर्वाह गर्नेछन् । यस्तै, फिल्मको हेड अफ प्रोडक्सन तथा लाइन प्रोड्युसरमा सिक्किमबाट टीकाराम अधिकारी, दार्जिलिङबाट सुवास क्षेत्री र नेपालबाट पदम तामाङ रहनेछन् । निर्देशक तामाङले पर्यटन प्रवद्र्धनका लागि फिल्म बनाउन लागिएको बताए ।