🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पीएम कपमा पुलिसले आर्मीलाई हरायो

काठमाडौँ, ७ माघ । नेपाल पुलिस क्लबले जारी प्रधानमन्त्री कपमा लगातार तेस्रो जित हासिल गरेको छ ।

आइतबार भैरहवामा सम्पन्न खेलमा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई १३ रनले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित हासिल गरेको हो । पुलिस क्लबले दिएको १४१ रनको लक्ष्य पछाएको आर्मीले ३२.२ ओभरमा अलआऔत हुदै १२७ रन मात्र बनाएको थियो । मौसम खराब हुदा यो खेल ३३-३३ ओभर मात्र खेलाइएको थियो ।

यसअघि पहिला ब्याटिंग गर्दै पुलिस क्लबले ३१.४ ओभरमा अलआउट हुदै १४० रन बनाएको थियो । जारी प्रतियोगितामा यो नेपाल पुलिसको तेस्रो जित हो । ३ खेलमा ६ अंकसहित पुलिस क्लब अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै त्रिभुवन आर्मीको भने ४ खेलमा ४ अंक रहेको छ र अंक तालिकामा छैटौं स्थानमा रहेको छ ।

अब पुलिस क्लबले अर्को खेल सोमबार नै भैरहवामा एपीएफविरुद्ध खेल्ने छ भने त्रिभुवन आर्मी क्लबले मंगलबार एपीएफविरुद्ध खेल्ने छ ।