🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कांग्रेस नेतृ द्रौपदा शर्माको निधन

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ द्रौपदा शर्मा पोखरेलको आज बिहान निधन भएको छ । १०२ वर्षीया पोखरेलको काठमाडौंको सामाखुसी रानीबारीस्थित निवासमा मंगलबार बिहान ४ बजे निधन भएको हो । 

उनी स्वर्गीय गोबद्र्धन शर्मा पोखरेलकी धर्मपत्नी हुन् भने संविधानसभा सदस्य रामचन्द्र, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र, योजना आयोगको पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र र सुवास पोखरेलकी आमा हुन् । 

नेपालमा प्रजातन्त्र स्थापनाका लागि गोबद्र्धन सँगसँगै खटिएकी उनको नेपाली कांग्रेसको संगठनमा महत्वपूर्ण योगदान छ । वि.सं. २००७ सालको जनक्रान्तिपछि स्थानीय महिला संघको अध्यक्ष बनेकी उनी २०१८ सालको जनक्रान्तिमा स्वर्गीय गोबर्द्धन पोखरेलको पञ्चातले सर्वस्वहरण गर्दा साथै गिरफ्तार भएकी थिइन् । उनीहरुलाई पैदलै हिडाएर पोखरा हिरासत पु¥याइएको थियो । 

गोबर्द्धनको निधन भएपछि द्रौपदा गोबद्र्धन शर्मा स्मृति ट्रष्टको अध्यक्ष तथा संरक्षक समेत रहेकी थिइन् । उनको मंगलबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।