🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

हरायो ५ अर्ब ४० करोड

बैंक हिसाब मिलान नगरेर आर्थिक अपराधको नमूना पेश गरेका कोषका पदाधिकारीहरूले त्योभन्दा ठूलो काण्ड गुपचुप लुकाउ“दै आइरहेका छन् । कोषले लगानी गरेको ५ अर्ब ४० करोड रुपैया“को हिसाब–किताब नखोजेर कोषका पदाधिकारीहरूले आर्थिक अनियमितता र गैरजिम्मेवारीको कीर्तिमान खडा गरेका हुन् । यद्यपि, यतिधेरै आर्थिक अपराध कोषमा मौलाइरहेको भएपनि यसतर्फ कसैले चासो देखाएका छैनन् । सुन्दा धेरैलाई पत्यार नलाग्न सक्छ तर कोषले लगानी गरेको ५ अर्ब ४० करोड रुपैया“मध्ये कतिपय रकम कसलाई र कहिले दिइएको हो, त्यसको रेकर्ड समेत नागरिक लगानी कोषसंग छैन । यसले कोषका पदाधिकारीहरूको इमान्दारितामाथि प्रश्न उब्जाएको छ । 
वार्षिक करोडौंको नोक्सानी 
सञ्चयकर्ता र बचतकर्ताको ५ अर्ब ४० करोड रकम ब्याज आर्जन नहुने गरी यसरी लगानी गर्दा लगानीकर्तालाई करोडौंको नोक्सानी पर्दै आइरहेको देखिन्छ । मुद्दती खातामा ५ अर्ब ४० करोड वार्षिक न्यूनतम १० प्रतिशत व्याजदरमा राख्ने हो भने पनि ५४ करोड व्याज आउने ठोकुवा गर्न सकिन्छ । तर, उक्त रकम नउठ्दा कोष, सञ्चयकर्ता र बचतकर्ताले वर्षौंदेखि नोक्सानी ब्यहोर्दै आइरहेका छन् ।