🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रधानमन्त्री कप क्रिकेट : मधेसद्वारा गण्डकीलाई ३३६ रनको लक्ष्य

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले गण्डकी प्रदेशलाई जितका लागि तीन सय ३६ रनको लक्ष्य दिएको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै मधेसले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउदै तीन सय ३५ रन बनायो । मधेसका लागि अनिल साहले शतकीय पारी खेले । उनले एक सय २५ बल खेल्ने क्रममा ६ छक्का र ११ चौकासहित एक सय २७ रन बनाए । यस्तै अर्निको यादवले ३४ बलमा पाँच चौका र तीन छक्काको मद्दतमा अविजित ६३ रन बनाए । रुपेश सिंहले ४७, पवन सर्राफले ४०, रुपेश सिंहले ३२, अभिशेख तिवारीले अविजित २७ तथा मयन यादवले २७ रन बनाए ।

    बलिङतर्फ गण्डकीका लागि सन्दीप पराजुलीले दुई तथा कृष्ण पौडेल र कमल परियारले एक एक विकेट लिए । अहिले गण्डकीले जवाफी ब्याटिङ गरिरहेको छ । उसले सात ओभरमा ४२ रन बनाएको छ ।