🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विकासमा विचित्रको अत्तो ! जराका कारण राष्ट्रिय गौरव छ महिना पर धकेलियो !!

काठमाडौँ, १३ असोज : बाराको निजगढमा प्रस्ताव गरिएको अन्तर्राष्ट्रिय विमानस्थल रुख कटानको विवादमा परिरहेका बेला अर्काे एउटा राष्ट्रिय गौरवको आयोजनाले लामो समयसम्म जरासम्बन्धी अल्झन खेप्नुपरेको तथ्य खुलेको छ । 

राष्ट्रिय गौरवको रानी–जमरा–कुलरिया सिँचाइ आयोजना अघि बढाउने सन्दर्भमा कैलाली वन डिभिजन कार्यालयले नहर क्षेत्रमा पर्ने रुखका जरा हटाउने अनुमति नलिएको भन्दै छ महीनाभन्दा बढी समय आयोजनाको काम अघि नबढाउन बाध्य तुल्याइएको तथ्य खुलासा भएको हो । 

राष्ट्रिय सरोकार तथा कार्यान्वयन समितिको शुक्रबारको बैठकमा आयोजना निर्देशक मधुकर रानाले भने, “कर्णाली नदीको पानीबाट त्यस क्षेत्रको ३८ हजार हेक्टरमा सिँचाइ पु¥याउने उद्देश्यका साथ निर्माण भइरहेको आयोजना अघि बढाउने सन्दर्भमा रुखको मात्र होइन, जरा हटाउनेसम्बन्धी अनुमतिको अल्झनसमेत खेप्नु प¥यो ।” 

उक्त आयोजनाको हालसम्म भौतिक प्रगति ३६ र वित्तीय प्रगति ३४ प्रतिशत रहेको जानकारी दिइएको छ । डिभिजन वन कार्यालयले आयोजनको नहर क्षेत्रमा पर्ने रुख हटाउने अनुमति दिए पनि काटेका रुखको ठूटा र जरा हटाउन अनुमति नदिइएको जनाउँदै त्यसका लागि लामो समयसम्म दुःख दिने नियतले झुलाउने काम गरेको आयोजना प्रमुख रानाले बताए । डिभिजन कार्यालयका प्रमुख फेरिएपछि पछिल्लो समय भने विगतको समस्या टरेको आयोजनाले जनाएको छ । 

राष्ट्रिय गौरवका आयोजना अघि बढाउने सन्दर्भमा अन्तर मन्त्रालयबीच समन्वय नहुँदा आयोजना तोकिएको समयमा अघि बढाउन नसकिएको गुनासो व्याप्त छ । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, “आयोजना अघि बढाउने सन्दर्भमा सबैको सहमति चाहिने, एउटाले–एउटामा, अर्काेले–अर्काेमा असहमति जनाउने प्रवृत्तिले कसरी आयोजना समयमा सकिन्छ ।” 

राष्ट्रिय गौरवका आयोजनासमेत ठूला रुख र वन क्षेत्रका कारण ठीक समयमा ठीक ढङ्गले अघि बढाउन नसकेको गुनासो आयोजना निर्देशक रानाको छ । 
–––