🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आजदेखि सरकारी कार्यालयहरू बेलुकी ५ बजेसम्मै खुल्ने

काठमाडौं । २०८० माघ १६ गते मंगलबारदेखि देशभरका सरकारी कार्यालयहरू विहान १० बजेदेखि ५ बजेसम्मै खुल्नेछन् । सरकारले जाडो याममा सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा घटाएको थियो । तर, अब दिनहरू लम्बिने भएकाले कार्यालयहरू बेलुका ५ बजेसम्म नै सञ्चालन हुनेछन् ।

सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै बैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म हुने तोकेको थियो ।

त्यसबाहेक कात्तिक १५ देखि माघ १५ सम्मको अवधिमा भने कार्यालय समय १० देखि ४ बजेसम्म मात्रै हुने निर्धारण गरिएको थियो । शुक्रबार भने विहान १० बजेदेखि ३ बजेसम्मलाई कार्यालय समय तोकिएको छ ।