🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

गोवालाई पोखरासँग जोडने नेपाली संसदीय टाेलीकाे प्रस्ताव

काठमाडौं, २१ माघ । नेपाली सांसदहरूको टोलीले भारतको गोवालाई नेपालको पोखरासँग जोडन प्रस्ताव गरेका छन । भारतको पर्यटकीय राज्य गोवामा आउने पर्यटकलाई नेपालको पोखरासँग जोडन प्रस्ताव गरेका हुन ।   

अन्तराष्ट्रिय सबन्ध समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा हाल भारत भ्रमणमा रहेका टोलीले उक्त प्रस्ताव गरेको सांसद हरी उप्रेतीले जानकारी दिएका छन । ‘हामीले गोवालाई पोखरासँग जोडन प्रस्ताव गरेका छौं, उनीहरू सकारात्मक रहेका छन्,’ उप्रेतीले भने, ‘तर, त्यसका केही कानुनी जटिलता र सबन्ध सुधारका लागि काम गर्ने भनेर कुरा अघि बढेको छ ।’ 

\"\"

भारतको दक्षिणी भू-भागमा रहेको गोवामा बार्षिक ५० लाख पर्यटक आउने गरेको र त्यसका केही हिस्सा मात्रै नेपालमा ल्याउन सकेको खण्डमा नेपालको पर्यटन उधोग अझ मौलाउन सक्ने सो टोलीको भनाइ छ ।

भारतीय संसदको अन्तराष्टिय समितिको निमन्त्रणामा भारत गएको नेपाली सांसदको टोलीले भारतीय बिदेश मन्त्री यस जयशंकरसहित गोवाका मन्त्रीहरूसँग भेटबार्ता गरी नेपालको हितका बारेमा कुराकानी गरेको सभापति यादवले जानकारी दिए ।