🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

व्यवस्थित गरिँदै देवघाटधाम, कर्मकाण्ड गर्ने पण्डितकाे लिइयो परीक्षा

देवघाट, २३ माघ । देवघाटधाममा कर्मकान्ड गर्ने पण्डित (पुरोहित) हरुलाई परीक्षा लिइएको छ । देवघाट क्षेत्र विकास समितिले बेणी संगममा चितवन तर्फ बसेर कर्मकान्ड गर्नको लागि पण्डितहरुलाई मौखिक परीक्षा लिएको हो ।

परीक्षामा उनीहरुको प्रस्तुतीको आधारमा कर्मकान्ड गर्ने प्रमाणपत्र दिईने क्षेत्र विकास समितिले जनाएको छ । पन्डितहरुको प्रस्तुतीको आधारमा उनीहरुले गराउने कर्मकाण्डको प्रकारको प्रमाणपत्र लिईने क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बताए । पण्डितहरुले प्रमाणपत्रमा उल्लेख बाहेकको अन्य कार्य गरेको भेटिए कारवाही गरिने कार्यकारी निर्देशक बरालले बताए ।

देवघाटधाममा बस्ने पण्डितहरुले विधि नपुर्याइ कर्मकान्ड लगायतका धार्मिक काम गरेको गुनासो आएपछि क्षेत्र विकास समितिले परीक्षा लिएको हो । साथै देवघाटका पण्डितहरुले भक्तजनसँग धेरै रकम असुलेको गुनासो आएपछि त्यस्तो कार्यलाई नियमन गर्न पनि परीक्षा लिइएको समितिले जनाएको छ ।

पण्डित परीक्षा समितिका संयोजक तथा विज्ञ एवं सिताराम संस्कृत मावि देवघाट चितवनका सहायक प्राचार्य अर्जुन पाण्डेयले सबै विधि नजानेका पण्डितहरुबाट धेरै भक्तजन ठगिएको र विधि नपु¥याई कर्मकाण्ड हुने गरेको जनगुनासो आएपछि त्यसलाई व्यवस्थित गर्न परीक्षा लिइएको बताए ।

पाण्डेयका अनुसार उक्त परीक्षामा ९ जना पण्डित सहभागी भएकोमा एक जनाले मात्रै कर्मकान्डका सबै विधि गर्न पाउने गरी उत्तिर्ण भएका छन् भने बाँकी मध्ये केहीले श्राद्ध मात्रै, केहीले ब्रतन्बन्ध मात्रै गराउन पाउने प्रमाणपत्र पाउनेछन् ।