🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अस्ट्रेलिया यू-१९ विश्वकपको फाइनलमा, उपाधिका लागि भारतको सामना गर्ने

काठमाडौं, २६ माघ । अस्ट्रेलिया यू-१९ क्रिकेट विश्वकपको फाइनलमा पुगेको छ । गएराति सम्पन्न दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई एक विकेटले पराजित गर्दै अस्ट्रेलिया विश्वकपको फाइनलमा पुगेको हो ।

पाकिस्तानले दिएको १८० रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ४९.१ ओभरमा ९ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यस अघि पाकिस्तानले ४८.५ ओभरमा अलआउट हुँदै १७९ रन बनाएको थियो ।

अब अस्ट्रेलियाले फाइनलमा उपाधिका लागि आइतबार भारतको सामना गर्ने छ । भारतले यसअघि दक्षिण अफ्रिकालाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।