🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कैदी मृत्यु घटना : पीडित परिवारले पाएनन् राहत

किमाथाङ्का (सङ्खुवासभा), २८ माघ : गत साउन २४ गते सङ्खुवासभाको जिल्ला  कारागार खाँदबारीमा सुरक्षाकर्मी र कैदीको कुटपिटबाट मारिएका पीडितका परिवारले अहिलेसम्म पनि राहत पाएका छैनन् । 

जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका सङ्खुवासभा मादी नगरपालिका–५ का ३० वर्षीय प्रकाश तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको  कुटपिटबाट मृत्यु भएको थियो ।

कारागारबाट भाग्न खोजेको आरोपमा दुई जना कैदीलाई नियन्त्रणमा लिएर सुरूमा प्रहरीले कुटपिट गरेका र कारागारभित्र बुझाएपछि त्यहाँका कैदीलेसमेत कुटपिट गरेर यातना दिएको प्रमाणित भएको थियो ।  

घटनालगत्तै जिल्ला प्रशासन कार्यालय सङ्खुवासभामा बसेको पीडित पक्ष र सरोकारवालाबीचको छलफलमा पीडित परिवारले राहत तथा क्षतिपूर्तिको माग गरेका थिए । गत मङ्सिर २४ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले कुटपिटबाट मारिएका दुई कैदीका परिवारलाई क्षतिपूर्तिका लागि गृहमन्त्रालयमा सिफारिस गरिएको सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिनुभयो । 

यस सम्बन्धमा गृह मन्त्रालयबाट हालसम्म कुनै पनि निर्णय नआएको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेको भनाइ छ । हत्यामा संलग्नताको आरोपमा सात प्रहरी र आठ जना कैदीलाई पुर्पक्षका लागि थुनामा राखिएको छ । जिल्ला अदालतको भदौ २७ गतेको आदेशले सात प्रहरीलाई जिल्ला कारागार, धनकुटा र कैदीलाई जिल्ला कारागार, तेह्रथुम पठाएको थियो ।

कुटपिटबाट मारिएका पीडित परिवारले क्षतिपूर्ति माग गर्दै गत भदौ २० गते गृह मन्त्रालयमा ज्ञापनपत्रसमेत बुझाएका थिए ।