🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

​​​​​​​तस्करलाई कारवाही होइन, व्यवसाय गर्न छुट !

काठमाडौं । दुबई, सिंगापुर, हङकङ, थाइल्यान्ड र चीनलगायत मुलुकबाट सुन तस्करी गर्दै आएको आरोप लागेका सेयर कारोवारी राकेश कुमार अकुडियाले संघीय राजधानीको मुटु दरमार्गमा आउटलेट खोलेका छन् । दुबईका चर्चित व्यवसायी अल अली ग्रुपका अध्यक्ष याकुब अल अलीसँग व्यवसायिक साझेदारी गर्दै अजाया डाइमण्ड नामको महंगो आउटलेट २०८० माघ २५ गते संचालनमा ल्याएका छन ।

संचालक अकुडिया र दुबईको अल अली ग्रुपका अध्यक्ष अलीकोबीचमा नेपालमा हिरा व्यवसाय विस्तार गर्ने समझदारीपत्रमा (एमओयु साइनिङ सेरोमनी) हस्ताक्षर भएको बताइन्छ ।

२०८० साउन २ गते राजस्व अनुसन्धान विभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट मोटरसाइकलको ब्रेक सुमा लुइकाइछिपाइ ल्याइएको अवस्थामा ६१.७० किलो सुन बरामद गरेको थियो ।

अनुसन्धानका क्रममा उक्त सुन उनै अकुडियाले ल्याएको हुनसक्ने आशंका गरिएको थियो । विभागले गरेको प्रारम्भिक छानविनले यस्तै तथ्य बाहिर ल्याएको थियो । तर, पछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी)लाई सो छानविन र अनुसन्धान गर्न दिइएको थियो ।

चिनियाँ, भारतीय र केही नेपाली नागरिकहरूको संलग्नता देखिको भन्दै अकुडियालाई जोगाउन घटनालाई अर्कै रुप दिईएको थियो । त्यसपछि सरकार आफंैले पनि पूर्व न्यायाधीशको नेतृत्वमा पाँच सदस्सीय जाँचबुझ आयोग गठन गरेर प्रतिवेदन तयार गर्न लगाएको छ । हाल आयोगले पनि यस सम्वन्धमा काम अगाडि बढाई रहेको छ ।

विश्वकै चर्चित पर्यटन गन्तव्यका रुपमा विकास भएको दुबईको अनुभवी एवं प्रतिष्ठित कम्पनीलाई नेपालको पर्यटन क्षेत्रमा लगानी गरेकोमा कुनै आशंका छैन । विश्व बजारमा नेपाली हस्तकलाको प्रवद्र्धनमा यो समझदारी कोसेढुंगा हुनसक्ने अपेक्षा गर्न सकिएला । तर, उक्त आउटलेटमा सजाइएका महंगा हिराका गरगहनाको मूल्य एक लाख देखि ६६ लाखसम्म पर्ने बताइएको छ ।

कुन बर्गको लागि यति महंगा गरगहना बिक्री गर्न अकुडियाले हिरा पसल खोलेका हुन भन्ने प्रश्न उठेको छ । नेपाली उपभोक्ताहरूलाई भन्दा पनि विदेशी ग्राहकलाई लक्षित गरेको भएपनि लगानीको स्रोतका बारेमा भने बिभिन्न आशंकाहरु जन्मिएका छन् ।

नेपालमा सुनचाँदीका उपभोक्ता भएपनि हिराका ग्राहक भने निकै कम रहेको बताइन्छ । नेपाली ग्राहकले चार–पाँच लाख मूल्यसम्मको खरिद गर्दै आएका भएपनि रु. ५ लाख भन्दा माथिको यति धेरै महंगा हिरा भने खरिद नगर्ने गरेको ज्वेयलर्स स्रोत बताउँछ । 

रु. ६६ लाखसम्मका हिराका गहना रहकोले सो आउटलेटमा कम्तीमा २०–२५ करोड लगानी गरिएको अनुमान व्यवसायीहरूले गरेका छन् । मुलुकमा आर्थिक मन्दि छाएको अवस्थामा यत्रो रकम अकुडियाले कहाँबाट लगानी गरे भन्ने प्रश्न पनि उठेको छ । उनले मुलुक भित्रका केही कर्मचारी, राजनीतिक नेता र व्यवसायीहरुले अवैध धन्दा गरी कमाएको कालो धनलाई आउटलेट खोलेर वैध बनाउन खोजेको त होइन भन्ने प्रश्न पनि उठेको छ ।

त्यति मात्र होइन उनीमाथि लागेको आरोपको छानविन र अनुसन्धान नै पूरा नगरी अर्को व्यवसाय गर्न अनुमति किन दियो भन्ने प्रश्न पनि उठिरहेको छ ।

 होइन भने कुन वर्गलाई लक्षित गरेर महंगा हिराका गरगहना बिक्री गर्ने पसल खुल्यो भन्ने प्रश्न पनि उठिरहेको छ । प्रतिनिधिसभाबाट केही ऐन संशोधनका नाममा सम्पत्ति शुद्धीकरण ऐन संशोधन भएर लचिलो बनाउने गरी पारित भएकै भोलिपल्ट आउटलेट ओपनिङ्ग हुनुलाई पनि संयोग मात्र मान्न सकिँदैन स्रोतको भनाई रहेको छ ।

२०५४–०५५ सालमा त्रिभुवन विमानस्थलबाट अकुडियाले आयात गरी भित्र्याएको सुन उनको पटक–पटक पक्राउ परेको थियो । सो घटनाले पनि सुन तस्करीमा व्यवसायी अकुडिया माथि शंका गर्ने ठाउँ धरै रहेको स्रोत बताउँछ । पछिल्लोपटक उनी सेयर कारोवारमा बढी संलग्न रहँदै आएका छन । (साँघु साप्ताहिक, २०८० माघ २९)