🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राप्रपा लुम्बिनी प्रदेशका सांसद यादवसहित १९ जनाविरूद्ध भष्टाचार मुद्दा

काठमाडौं । राप्रपा लुम्बिनी प्रदेशका सांसद जानकीप्रसाद यादवसहित १९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। गौतमबुद्ध साझेदारी वनमा व्यवस्थापन समितिको अध्यक्ष रहँदा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवसहितका व्यक्तिमाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो।

यादवसँग २९ लाख १२ हजार १९३ रुवैयाँ बिगो, जरिवाना र कैद सजाय माग गरी विशेष अदालतमा मंगलबार मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले बताए। आर्थिक वर्ष २०७४/२०७५ र आर्थिक वर्ष २०७५/२०७६ मा ३७ हजार क्युफिट काठ काटेर ठेक्का स्वीकृति गर्ने क्रममा वन कर्मचारीहरूसँग मिलेमतो गरी यादवसमेतले भ्रष्टाचार गरेको अख्तियारको दाबी छ।

मुद्दा दायर भएकामा तत्कालीन जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट, तत्कालीन डिभिजनल वन अधिकृत दुर्गाबहादुर कार्कीलगायत छन्।