🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अवैध तरिकाबाट अमेरिका छिर्ने क्रममा हिउँमा कठ्याङ्रिएर चार भारतीयको मृत्यु

न्युयोर्क, १६ फागुन । अमेरिकी अधिकारीले हर्षकुमार पटेल नामका भारतीय मूलका एक व्यक्तिलाई पक्राउ गरेका छन् । 

उनीविरुद्ध मानव बेचबिखनलगायत ज्यान मार्ने मुद्दा दर्ता गरिएको छ । दुई वर्षअघि हर्षकुमारले गुजरातबाट आफ्नो पूरै परिवारलाई भिसा बिना अमेरिका प्रवेश गराउन खोजेका थिए तर हिउँको आँधीका कारण तीनीहरू सबैको मृत्यु भएको घटनामा उनलाइ पक्राउ गरिएको हो । 

सीबीसी न्यूजका अनुसार डर्टी ह्यारी, परम सिंह र हरेश रमेशलाल पटेल भनेर चिनिने हर्ष कुमार पटेललाई गत हप्ता शिकागो एयरपोर्टबाट पक्राउ गरिएको हो । हर्ष कुमार पटेलमाथि फ्लोरिडाका निवासी स्टिभ सान्डलाई अमेरिका प्रवेश गर्न सहयोग गरेको आरोप पनि लागेको छ । प्रहरीका अनुसार हर्ष पटेल ुएक संगठित मानव बेचबिखन समूहको हिस्सा थिए, जसले भारतीय नागरिकहरूलाई संयुक्त राज्य अमेरिकामा गैरकानुनी रूपमा प्रवेश गर्न सहयोग गर्दै आएका थिए ।

खासमा जनवरी १९, २०२२ मा पुलिसले अमेरिका–क्यानडा सीमामा ४ शव फेला पारेको थियो । यी सबै शव भारतको गुजरातमा बस्ने एक परिवारका थिए । यी शव जगदीश बलदेवभाई पटेल, उनकी पत्नी वैशालीबेन जगदीशकुमार पटेल र उनीहरूका छोराछोरी विहांगी जगदीशकुमार र धार्मिकका थिए। तिनीहरू सबैको शव १९ जनवरी २०२२ मा इमर्सन, मनिटोबा नजिकै बरफमा जमेको फेला परेको थियो ।

यस मामिलामा प्रहरीले यसअघि हर्ष पटेलका सहयोगी स्टिभ सान्ड नामक व्यक्तिलाई पक्राउ गरेको थियो । जब यो पूरै प्रकरण बाहिर आयो, मुख्य अभियुक्त हर्ष पटेललाई पनि पक्राउ गरिएको हो ।

शव फेला परेपछि सीमाको क्यानाडातर्फ कुनै पनि बेवारिसे गाडी नभेटिए पछि उनले पटेल परिवारलाई सिमानामा छाडेर फर्केको कसैले स्पष्ट पारेको प्रहरीले जनाएको छ । प्रहरीले चालक र गाडीको पनि खोजी गरिरहेको छ तर चालक भने अझै फेला परेको छैन ।