🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेदरल्याण्डसमाथि नेपालको सानदार जित

काठमाडौँ । नेपालले नेदरल्याण्डसमाथि सानदार जित हासिल गरेको छ । जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गतको खेलमा नेपाल ले शनिबार टीयू मैदानमा सम्पन्न खेलमा नेपालले नेदरल्याण्डसलाई ६ विकेटले पराजित गरेको हो ।

नेदरल्याण्डसले दिएको १२१ रनको लक्ष्य पछाएको नेपालले १५.२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ४६ रन बनाए भने गुलशन झाले ३८ रन बनाएका थिए । त्यस्तै कुशल भुर्तलेले १२ र आसिफ सेखले ८ रन बनाएका थिए ।   

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डसले १९.३ ओभरमा अल आउट हुँदै १२० रन बनाएको थियो । नेदरल्याण्डसका लागि म्याक्स ओ दाउदले सर्बाधिक ३१ रन बनाए भने टिम भान डेर मार्वेले २४ रन बनाएका थिए । त्यस्तै रोएलोफ भान डेर मार्वेले २३ तथा कप्तान स्कट एडवार्डसले १८ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर प्रतिस जिसीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएका थिए । प्रतिसले ४ ओभरमा १३ रन दिएर ३ विकेट लिएका हुन् । त्यसैगरी करण केसी र कुशल मल्लले २-२ विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले एक विकेट लिएका थिए ।

योसँगै सिरिजमा नेपालले ४ खेलमा दोस्रो जित हासिल गर्दै ४ अंक हासिल गरेको छ ।  त्यस्तै नेदरल्याण्डसले ३ खेलमा ४ अंक हासिल गरेको छ । त्यस्तै नामिबियाले ३ खेलमा एक जितसहित २ अंक हासिल गरेको छ । अब आइतबार हुने नामिबिया र नेदरल्याण्डसबीचको खेलपछि मात्र फाइनलमा पुग्ने २ देशको टुंगो लाग्ने भएको छ ।