दुब्लो पातलो हुन जसलाई पनि रहर हुन्छ, तर दुब्लो पातलो हुनु र फिट रहनु फरक कुरा हो । हो, पातलो भएकै कारण एक व्यक्तिको सवारी चालक अनुमतिपत्र रद्द गरिएको छ । बेलायतका रोजर्स नाम गरेका व्यक्तिलाई इनोरेक्सया नामक इटिङ (खाने) डिसअर्डर थियो । यसबाट पीडित ती व्यक्तिले आफ्नो तौल बढ्ने डरले कतिपय समय खान नै छाडिदिन्थे । भोक लाग्दा पनि खाना नखाएपछि उनको तौल घट्न सुरु भयो ।
उनी यति पातलो हुन पुगे कि बेलायतको परिवहन विभागले उनलाई अनफिट (अयोग्य) रहेको भन्दै सवारी साधन चलाउन रोक लगाइदियो । उनको सवारी चालक अनुमतिपत्र रद्द गर्दै पहिला आफ्नो स्वास्थ्य सुधार गर्न आग्रह गर्यो । अस्पतालमा भर्ना भएर उपचार गरेपछि पछिल्लो समय उनको स्वास्थ्यमा सुधार आएको बताइएको छ । कसैलाई शरीर मोटो भएर समस्या, कसैलाई दुब्लो पातलो भएर समस्या । यस्तै वश्विका मानवको चोला ! (एजेन्सी) (साँघु साप्ताहिक, २०८० फागुन २१)




