🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राष्ट्रिय टी–२० क्रिकेटः दोस्रो खेलमा सुदूरपश्चिम विजयी

विराटनगर । कोशी प्रदेश ट्रफी नेशनल राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको आज भएको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश टिम विजयी बनेको छ ।

विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालामा भएको खेलमा सुदूर पश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ४० रनले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ गरेको सुदूर पश्चिम प्रदेशले निर्धारित २० ओभरमा २ विकेट गुमाई १ सय ७२ रनको विशाल स्कोर खडा गरेको थियो ।

सुदूर पश्चिमका लागि म्यान अफ द म्याच नरेश भट्रले ४६ बलमा १ छक्का र ७ चौका प्रहार गरी ६२ रनमा अविजित हुँदा किरण ठगुन्नाले २० बलमा ५ छक्का र ३ चौका प्रहार गर्दै अविजित ५३ रन र खडक बोहोराले ४१ रन बनाए ।  गण्डकीका अमित गुरुङ र सन्दिप क्षेत्रीले १–१ विकेट लिए ।

जवाफमा १ सय ७३ को विजयी लक्ष्य पछ्याएको गण्डकीलाई ४० रनले पराजित गरेको छ । गण्डकीका लागि दिपक डम्रेले ३० बलमा १ छक्का र ६ चौका प्रहार गरि ४० रन बनाउँदा ईश्वर क्षेत्रीले १८ रन, समिर कँडेलले १४ रन, सन्दीप क्षेत्रीले १२ रन र गोविन्द विकले ११ रनको योगदान दिए ।

सुदुू पश्चिमका हेमन्त धामीले ३ विकेट लिँदा नारायण जोशी, शेर मल्ल र नरेन साउदले समान २–२ विकेट लिए ।

यसअघि आजै भएको उद्घाटन खेलमा कोशी प्रदेश र सुदूर पश्चिम प्रदैशले विजयी सुरुवात गरेको छ ।

चैत ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोली गरी १० टिम सहभागी हुने मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष महमद साद बाबु कुरेसीले बताए ।

प्रतियोगिताका विजेताले ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । खेल लिग कम नकआउटको आधारमा हुने आयोजकले जनाएको छ ।