🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एसियन च्याम्पियन्स लिगबाट बाहिरियो अल नासर

काठमाडौँ । अल नासर एसियन च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।

गएराति सम्पन्न क्वाटरफाइनलमा यूएईको क्लब अल ऐनसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै अल नासर एएफसी च्याम्पियन्स लिगबाट बाहिरिएको हो ।

दोस्रो लिगमा अल नासरले ३-२ को नतिजा निकालेसँगै पहिलो लिगमा १-० ले हारेको आधारमा खेल ३-३ गोलको बराबरी भएपछि ३० मिनेट अतिरिक्त समय खेलाइएको थियो । अतिरिक्त समयमा दुवै टिमले १-१ गोल गरेपछि खेल ४-३ ले सकियो र समग्रमा खेल ४-४ ले बराबरी भयो ।

त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा अल नासरका क्रिस्टियानो रोनाल्डो बाहेक अन्य तीन खेलाडीले गोल गर्न सकेनन् र अल नासरले खेल ३-१ ले हार्न पुग्यो ।

यो हारसँगै अल नासर एसियन च्याम्पियन्स लिगमा क्वाटरफाइनलबाट नै बाहिरिएको छ भने अल ऐन सेमिफाइनलमा पुगेको छ ।