🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सत्ता पक्षकै सांसद राजेन्द्र पाण्डेको प्रश्न– प्रधानमन्त्रीको योभन्दा अनैतिकता के हुन्छ ?

काठमाडौं । सत्तारुढ गठबन्धनमा आवद्ध एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले पुरानो तोडेर नयाँ गठबन्धन बनाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्य अनैतिक भएको टिप्पणी गरेका छन् । 

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वास गर्नै नसकिने व्यक्ति रहेको भन्दै नयाँ गठबन्धन बनाउने कार्य अनैतिक भएको बताएका हुन् । 

‘फागुन १८ गते मैले प्रधानमन्त्रीसँग भेट गरेको छु । त्यही दिन व्यक्तिगत कामको सिलसिलामा जापान गएँ । दुई दिनपछि हेर्छु यहाँ त गठबन्धन बदलेको छ । चारवटा दलको हस्ताक्षर भएको छ । हामी एकीकृत समाजवादीको तर्फबाट यो देशमा पार्टीभित्रको व्यक्तिवादको विरुद्ध विद्रोह गरेर आफैँले बनाएको पार्टी तोडेर, विष पिएर तपाईंहरूलाई साथ दिएका थियौँ । तपाईंले बाढीले बगाएर ल्याएको मुढो छोडेझैँ छोडेर हिँड्नुभयो । योभन्दा अनैतिकता के हुन्छ ?,’ बैठकमा उनले प्रश्न गरे ।